Rashtriya Dainik

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बाणगंगाको ५९ औं वार्षिकोत्सव

पार्वती आचार्य
कपिलवस्तु माघ १०
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बाणगंगाको आफ्नै शाखा कार्यालयमा वार्षिकोत्सव मनाएको हो । शाखा कार्यालयका प्रवन्धक रोमनाथ न्यौपानेले माघ १ गते देखि चैत मसान्त सम्म मुवाईल बैंकिंङ् , ईन्टरनेट र एटिएम सेवा निशुल्क दिईएको बताउनु भयो ।
बिद्यार्थीहरुका लागि निरन्तर दिंदै आएको छ भने ०८० माघ १ गते देखि ०८० चैत मसान्त सम्म सम्पूर्ण सेवाग्रहीहरुको लागि उक्तसेवाहरु निशुल्क दिएको शाखा प्रवन्धक न्यौपानेले जानकारी दिनुभयो । सो अवसरमा केक काटेर वार्षिकोत्सव मनाउँदै शाखा प्रबन्धक न्यौपानेले वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष फरक तरिकाले वार्षिकोत्सव मनाउँदै आएको बताउनु भयो ।
बार्षिकोत्सवमा व्यवसायी ज्ञानराज भण्डारीले राष्ट्रिय बैंक शाखा कार्यालयको योगदान र सेवा प्रति उच्च सम्मान व्यक्त गर्नुभयो । बैंकले दिने सेवा अन्य बैंकको तुलनामा उदाहरणीय र सुबिधायुक्त हुँदा यस बैंक प्रति सबैको बिश्वास बढ्दै गएको बताउनु भयो ।
यस्तै औद्योगिक क्षेत्र अर्थात बराह होजियारी उद्योगका खेमराज अधिकारीले प्राईभेट बैंकबाट दिईने सेवा भन्दा यस बैंकबाट पछिल्लो समय राम्रो सेवा दिंदै आएको र सेवा लिन आउँदा आफूले बिना झन्झट सेवा प्राप्त गरेको बताउँदै यस बैंकले आगामी दिनमा ग्राहाकहरुका लागि थप सहुलिएतका सेवाहरु ल्याउन सफल होस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि व्यवसायी शंकर केसी , कज्रा ग्राहाक गोवन्द घिमिरे र गणेश पोख्रेल लगाएतले शाखाबाट दिईने सेवाबाट आफू एकदमै सन्तुष्ट रहेको भन्दै बैंकको ५९ औं वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले प्रदान गरेको बैंकिङ सेवा सुविधाहरुलाई बिश्वास गरि बैंकसंग निरन्तर कारोवार गरिरहेका कृषि व्यवसायी , युवा व्यवसायी , निक्षेप कर्जा , उद्योगी , व्यापारीलाई प्रोत्साहन र अर्थतन्त्रले पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्रले सम्मान गरिएको शाखा प्रवन्धक न्यौपाने जानकारी दिनुभयो । उक्त कार्यक्रममा कार्यालयका कर्मचारीहरु , उद्योगी , व्यवसायीहरु , व्यापारीहरु र संचारकर्मी लगाएतको उपस्थित रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित