पार्वती आचार्य
कपिलवस्तु माघ ३
तीनदिने बेमौसमी तरकारी खेती तालिमकोको उद्घाटन भएको छ । श्री सिद्धिपुर समाजिक महिला बिकास संस्था बाणगंगा ४ ठाकुरापुरको आयोजनामा तथा बाणगंगा नगरपालिका वडा नं. ४ को सहयोगमा तिनदिने बेमौसमी तरकारी खेती तालिमको उद्घाटन बाणगंगा नगरपालकाका उपमेयर रिता कुमारी चौधरीले गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले व्यवसायीहरु निर्वाह मुखी नभई व्यवसायी मुखी हुन आजको आवश्यकता भएको बताउनु भयो । महिला दिदि बहिनीहरुले बेमौसी खेतीलाई प्राथमिकता दिन सक्ने र उत्पादनलाई बृद्धि गर्न सक्ने हो भने आर्थिक समृद्धि हुने र महिलाहरुले आर्थिक रुपमा बिभिन्न हिंसाहरु भोग्न नपर्ने बताउनु भयो । तिनदिन सम्म संचालन हुने बेमौसमी तरकारी खेतीको तालिममा कृषि प्राविधिकबाट धेरै कुराहरु जान्न , सिक्न र व्यवहारमा ल्याउन आग्रह गर्नुभयो । 
स्वास्थ्यको लागि अर्गानिक तरकारी खेती उत्पादन गर्नुपर्ने बताउँदै सदाबहार उत्पादन हुने बेमौसमी तरकारी खेतीलाई व्यवसायीक रुपमा संचालन गर्न सके आर्थिकमा समेत संमृद्धि हुनेमा जोडदिनु भयो । नगरपालिकाका ११ वटै वडाहरुमा पालिकाले हरेक वर्ष फरक फरक तरिकाले कार्यक्रमहरु संचालन गर्दैै आएको उपमेयर चौधरीले बताउनु भयो ।
कार्यक्रममा कार्यपालिकाका सदस्य शान्ता पाण्डेले तालिममा सिकेका कुराहरुलाई व्वहारमा ल्याउन आग्रह गर्दै अर्गानिक खेती तथा व्यवसायबाट व्यवसायीहरुलाइृ घाटा नहुने बताउनु भयो । ठुलो व्यवसाय संचालन गर्न नसके पनि आफुले उत्पादन गरेको खेती आफ्नो परिवारलाई पुराउन सक्नु पनि महत्वपूर्ण भएको बताउनु भयो ।
यसैगरी वडा नं. ४ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष चिन्कु थारुले महिलाहरुले सिकेको सिपलाई व्यवहार ल्याउन सके आर्थिक रुपमा महिलाहरु शसक्तिकरण हुने बिश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष सितादेवी न्यौपानेले संस्थाको स्थापनाकाल देखि नै महिलाहरुलाई शसक्तिकरण गर्न लागि परेको बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष सितादेवी न्यौपानेको अध्यक्षतामा संस्थाका उपाध्यक्ष भगवता अधिकारीको स्वागत तथा सचिव सुनिता सेनको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
वडा नं. ४ का २५ जना कृषि व्यवसायी महिलाहरुलाई बाणगंगा नगरपालिका कृषि शाखा प्राविधिक सन्तोस भुषालले बेमौसमी तरकारी खेतीको महत्व , परिचय , बिउबिजन लगाउने जातको समय , जलिय गुण , मलखाद तथा सिंचाई र प्रयोग गर्ने विधि लगाएतको बिषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदार , सह सचिव अप्सरा अधिकारी लगाएतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमा माघ १२ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

