नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभाग काठमाडौंको आयोजनामा अन्तर्राष्ट्रिय स्थलका अव्यवस्थित हेल्प डेस्क सम्बन्धि अभिमुखीकरण कार्यक्रम विनयी त्रिवेणी ७ मा बुधबार सम्पन्न भएको छ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित सहभागीहरुले सिमा क्षेत्रका हेल्प डेस्कमा रहेका चुनौती र असहजता प्रती सरोकारवाला निकायको ध्यानाकर्षण हुनुपर्ने बताएका थिए।
गण्डकी प्रदेशको भारत सङ्ग जोडिएको एक मात्र गण्डक ब्यारेज नाकामा सबैभन्दा कान्छो हेल्प डेस्क भएपनी आवश्यक पुर्वधारको कमिले हेल्प डेस्कबाट अपेक्षित सेवा प्रवाह हुन नसकेको गुनासो पनि गरिएको थियो।
देशमा १७ नाका रहेपनी अधिकान्श नाका अव्यवस्थित रहेबाट सेवा प्रदायक संस्था निरीह बनेको पनि सहभागीहरुले ध्यानाकर्षण गराएका थिए।
स्वास्थ्य विभागका निर्देशक डा.रुद्र प्रकाश मरासिनीको अध्यक्षतामा स्वास्थ्य विभागकै महानिर्देशक संगिता कौशल मिश्रले सिमा नाका का हेल्प डेस्कमा सिमापारबाट नेपाल आउने रोगीलाई सिमा नाकामै रोकेर उपचार गर्न सकिए रोग भित्रिनबाट नियन्त्रण हुने बताउदै सो कार्यको लागि स्थानिय सरकार सङ्ग जग्गा व्यवस्थापन पछि थप जनशक्ति पूरा गर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले विनयी त्रिवेणी वडा न. ७ मा रहेको त्रिवेणी सुस्ता स्वास्थ्य चौकीलाई पाँच शैयाको हस्पिटल बनाउने र हेल्प डेस्कलाई पुर्वाधारयुक्त व्यवस्थित बनाउने तर्फ पालिका सरकार पुर्ण प्रतिबद्ध रहने बताउनु भयो।
कार्यक्रममा वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाह,वडा न. ७ का वडाध्यक्ष उमेश कार्की लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
ईपिक नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानिय युनिट प्रतिनिधि,जनप्रतिनिधि, स्वास्थ्यकर्मी,संघसंस्थाका प्रतिनिधि, राजनिती दलका प्रतिनिधि र स्थानिय सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

