राष्ट्रिय दैनिक /नवलपरासी,१० माघ
पश्चिम नवलपरासीको सरावल गाउपालिकाले यसै बर्ष वडा नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको निर्माण कार्यको शुभारम्भ गर्ने जनाएको छ ।
सरावल गाउँपालिका वडा नं.२ मनरी स्थित वृक्षारोपण क्षेत्रमा थारु साँस्कृतिक पार्कको निर्माण कार्यसँगै अब वडा नम्बर ४ मा मधेश सांस्कृतिक पार्क निर्माणका लागि काम अगाडि बढाइने पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभएको छ।
केही महिना पहिला सम्भाब्यता अध्ययन गरेको उक्त स्थानमा छिट्टै पार्क निर्माण शुरु हुने गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताएका हुन् ।
गाउँपालिको वडा २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने योजना बनाई बजेट समेत विनियोजन गरेर सञ्चालनमा ल्याई सकियो, वहाँ भन्नुभयो ,अगामी शिवरात्री वा फागुपुर्णिमालाई लक्षित गरि मधेश साँस्कृतिक पार्कमा पनि काम गर्ने योजना सुनाउनुभयो ।
थारु मधेशी बाहुल्य यो गाउपािलकामा सबैलाई समेटेर पार्कको निर्माण गर्ने,संस्कार संस्कृति बचाउने गाउपालिकाको प्राथकितामा पनि छ ।
लक्ष्य अनुसार थारु साँस्कृतिक पार्कमा खिचडी महोत्स(माघी मेला) सँगै पार्कको ब्यवस्थापन कार्य शुरु भएको छ । मधेशका सबै संस्कृतिकलाई प्रतिनिधित्व हुने गरी मधेश साँस्कृतिक पार्कको काम छिट्टै शुरु हुन्छ ।
हुलासी घोल नजिकैको वृक्षारोपण क्षेत्र र हुलाकी केन्द्रित गरि मधेश साँस्कृतिक पार्क बनाइने वहाँले बताउनुभयो । पाँच विघा जग्गामा वृक्षारोपण छ,नजिकै हुलासी घोल रहेको छ । प्राकृतिक सौन्दर्यताले पनि भरिएको उतm क्षेत्रमा विभिन्न मेला महोत्सव पनि हुने गरेको छ ।
मुस्लिम समुदायको पनि कर्बला रहेको र उतm स्थानमा मोहरम्म मेला लाग्ने,मधेशी समुदायको पनि कृष्ण जन्माष्टमी,नागपञ्चमी,दशहरा लगायतका बेला मेलाहरु आयोजना हुदै आएको छ । यि सबै साँस्कृतिक मेला महोत्सव पनि गर्न मिल्ने र प्राकृतिक सौन्दर्यतालाई पनि संरक्षण र प्रवद्र्धन पनि गर्न सक्ने भएको हुदा मध्यदेशिय परम्परा र संस्कृतिकको संरक्षण समेत हुने हुदा मधेशी साँस्कृतिक पार्कमा पुर्वाधार निर्माण हुन्छ ।
भारतिय सिमा नाका महेशपुर देखी पुर्वपश्चिम राजमार्ग जोड्ने भुतहा महेशपुर मार्ग नजिकै रहेको उतm प्रस्तावित पार्क क्षेत्र स्थानियका लागि मात्रै नभई भारतिय पर्यटकलाई पनि आकर्षित गर्नेछ । सडक पुर्वाधार मात्रै विकास होईन्,अध्यक्ष चौधरीले भन्नुभयो ,साँस्कृति सम्पदाको संरक्षण,प्रवद्र्धन र विकास पनि उत्तिकै महत्वपुर्ण रहेको छ । आउने पुस्तालाई पनि यि कुरा आवश्यक पर्छ,उनले थपे,सरावल गाउपालिका आफैमा साँस्कृतिक सम्पदाले परिपुर्ण रहेको गाउपालिका हो ।
प्राकृतिक रुपमा पनि चुरे पर्वत देखी भारतिय सिमा दशगजासम्मको भुगोलले पनि गाउपािलकालाई जोडेको छ । भगवात गौतम बुद्धसँग पनि प्राचिन ककरपत्त नगर,सज्जनेल नगर,कुण्डिय नगर र सायुगा नगर गरि प्राचिन नगर भएको गाउपालिका पनि हो ।
जिल्लामै स्नातक तहसम्म अध्ययन हुने इस्लामिक शिक्षाको अध्ययन गर्ने थलो मधवलिया मदरसा,खुल्ला विश्वविद्यालयको परिक्षा केन्द्र खोलिएको भुजहवाले पनि थारु मधेशी र मुस्लिमको बाहुल्यता रहेको सरावल गाउपालिकाले प्रत्येक समुदायको संँस्कृति झल्किने गरि पार्कहरुको स्थापना गर्ने र त्यसै मार्फत पनि यहाँका संस्कृतिहरुको पनि सुचिकृत गरि संरक्षण गर्ने योजना समेत वहाँले सुनाउनुभयो । गाउपालिकाले पर्यटन विकास तथा संस्कृतिक संरक्षण कोषको समेत स्थापना गर्ने लक्ष्य लिएको छ । कानुन नै बनाएर संरक्षण कोष मार्फत साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने छ,वहाँले भन्नुभयो ,आउने दिनमा यस गाँउ पालिकालाई नै सरावल सांस्कृतिक गाउपालिका बनाउने लक्ष्य समेत रहेको छ । यसका पुर्वाधर विकासमा गाउपालिका अहिले देखी नै लागेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

