आरपि उपाध्याय / नवलपरासी ,९ माघ
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण पश्चिम नवलपरासी बेलासपुरको आयोजनामा २३ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपालको स्थापना दिवसको अवसरमा प्रमुख अतिथि समेत रहनुभएका नवलपरासी (ब.स.प.) का प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्लाको शान्ती,सुरक्षा तथा राज्य प्रदत्त अन्य जिम्मेवारी समेत सशस्त्र प्रहरीबाट भएका काम कारवाहिको उच्च मुल्यांकन गरिने बताउनु भयो।
प्र.जि.अ. पन्थीले सिमित साधन स्रोतको बाबजुद पनि सशस्त्र प्रहरी बल नेपाल २६ न. गणको मातहतका निकायबाट गरिएको कार्य प्रसंशा युक्त रहेको र नेतृत्व तहबाट अङ्गालिएको पुरस्कार, दण्ड नीतिको स्मरण गर्दै राज्य प्रशासन संयन्त्रणमा सकारात्मक प्रभाव परेको पनि जिकिर गर्नुभयो।
२३ औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा २६ न. गण बेलासपुरमा भएको कार्यक्रम अन्तर्गत अमर प्रहरीको सम्मानमा पुष्पगुच्छा अर्पण गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपानेले सबैमा धन्यवाद ज्ञापन गर्दै जिल्लाको शान्ती,सुरक्षा लगायतका जिम्मेवारी पूरा गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय,स्थानीय सरकार,नागरिक समाज,पत्रकार लगायत सबै सरोकारवाला निकायको सहयोग र सद्भाव प्रशन्सनिय रहेको धारणा राख्नुभयो।
सोही कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षकबाट प्राप्त मार्गनिर्देशन वाचन गरि सुनाइएको थियो।
सशस्त्र प्रहरी दिवसको अवसरमा सञ्चालित सप्ताहव्यापी खेककुद तथा व्यवसायिक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने १६ जना विभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने ४ जना सशस्त्र प्रहरीका परिवारजनलाई दोसल्ला ओढाइ सम्मान गरिएको बताइएको छ।

कार्यक्रममा निस्वार्थ भावले सेवा गर्ने २ स्थानीयहरुलाई पनि कदर सहित सम्मान गरिएको जनाइएको छ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा,नेपाली सेना गोरख दल गणका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय प्रमुख काजी कुमार आचार्य, उपअनुसन्धान निर्देशक अशोकराज भट्ट तथा अमर सशस्त्र प्रहरीका परिवारजन, भु.पु. सशस्त्र प्रहरी कर्मचारी र कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको पनि उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

