Rashtriya Dainik

आगलागी पिडितलाइ आर्थिक सहयोग सँकलन अभियान

दोरेन्द्र खड्का /बझाङ, ९ माघ:   

आगलागी पिडितलाइ आर्थिक सहयोग सँकलन अभियान सञ्चालन गरीएको छ । यहि माघ १ गते सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी हुदा करौडौको क्षती भएको भन्दै आज बाट उद्योग बाणिज्य संघद्वारा आगलागी पिडितका लागी आर्थिक सहयोग संकलन अभियान सुरू गरेको हो ।

यस्तो बिपत जोकोहि लाइ पनि आउन सक्ने भएकाले सक्दो आर्थिक सहयोग गरीदिन उद्योग बाणिज्य सँघका अध्यक्ष दान बहादुर सुर्मेलीले अनुरोध गर्नुभयो ।


आज पहिलो दिन सदुमुकाम चैनपुरमा रहेका ब्यापारीहरुबाट १ लाख ५८ हजार नगद संकलन गरिएको अध्यक्ष सुर्मेलीले बताउनुभयो ।

माघ १ गते दिउँसो करिब एक वजेको समयमा सदरमुकाम चैनपुरमा रहेको बिरेन्द्र सिंह व्याँसीको जंग बहादुर स्टोरमा आगलागी हुँदा करोडौको क्षती भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित