Rashtriya Dainik

जस्ता पाता र चेन्जिङ जाली वितरण कार्यक्रम सम्पन्न

कपिलवस्तु / ९ माघ
गण्डकी गाउँपालिकाको आयोजना र तारा नमस्ते फाउण्डेशन काठमाडौंको सहयोगमा गण्डकी गाउँपालिका वडा नं ७ र ६ का चेपाङ समुदायका लागि जस्ता पाता र चेन्जिङ जालि वितरण गरिएको छ । ब्यवसायीक बाख्रा पालन , ब्यवस्थीत खोर निमार्णको लागि खरेटार, सल्लेरी, कौदी र लामिडाँडा गरी ४ वटा मुल समुहका ५८ चेपाङ परिवारलाई जस्ता पाता र चेन्जिङ जाली वितरण कार्य सम्पन्न भएकोछ ।

उक्त कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाको प्रमुख अतिथ्यता रहेको थियो । खोर निमार्ण कार्य सम्पन्न पश्चात माघको अन्तिम हप्तामा खरी जातको लोकल बाख्रा र प्रजनन्का लागि उन्नत जातको विउ बोका समेत प्रदान गरिने संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले बताउनु भयो ।

यस परियोजना अन्तरगत मुल समुहका सदस्यहरुलाई वितरण गरिएको बाख्राले पाएको पाठी १०० दिन पुरा भएपछि उपहार समुहलाई हस्तान्तरण गरिने छ । यसले चेपाङ समुदायमा आफूले प्राप्त गरेको उपहारबाट आफ्नो जीवनस्तरमा गुणात्मक सुधार ल्याई वास्तविक आवश्यकता भएको अर्को व्यक्ति, परिवार तथा समूहहरूलाई उपहार प्रदान गर्दै जाने छ । परियोजनाको स्थापित मान्यताले गर्दानै कार्यक्रमको प्रभावकारिता बढ्दै जाने र व्यक्ति तथा समुदायमा अपनत्वको भावना विकास हुने बारे तारा नमस्ते फाउण्डेशका कोषाध्यक्ष तथा कार्यक्रम फोकल पर्सन निलि शाहले जानकारी दिनु भयो ।

कार्यक्रमा यस परियोजनालाई सफल बनाउनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्न वडा कार्यालय तत्पर रहेको र बाख्रा पालनका लागि आवश्यक तालिम, खोप र नियमित अनुगमन वडाका पशु विकास प्राविधिकबाट निरन्तर रहने वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।
चेपाङ समुदायलाई गाउँपालिका र ६ नं वडा कार्यालयले लक्षित गर्दे कार्यहरु गर्दे आएकोमा तारा नमस्ते फाउण्डेशनको परियोजनाले पनि हामीलाई काम गर्न हौशला मिलेको बताउँदै चेपाङ समुदायलाई आयआर्जनका साथ साथैै स्वास्थ्य खानेपानि र सरसफाईमा विशेष ध्यान दिई कार्यक्रम संचालन गनुपर्ने वडा नं ६ का वडा अध्यक्ष तुल बहादुर गुरुङले बताउनु भयो ।


गाउँपालिकाले गर्नुपर्ने काम यस तारा नमस्ते फाउण्डेशनले गरेकोमा गाउँपालिकाको तर्फबाट आभार प्रकट गर्दे कार्यक्रमलाई आवश्यक सहयोग गर्न र आगामी समयमा पनि समन्वय गरी चेपाङ समुदायको दिगो विकासकालागी आवश्यकता अनुसार संस्थासंग सहकार्य गरी पालिका अगाडी बड्न तयार रहेको गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले बताउनु भयो । जस्ता पाता र चेन्जिङ जालि पाएपछि समुदायले व्यवसायलाई निरन्तरता दिन सकिने र जंगली जनावरबाट पनि सुरक्षित भई बाख्राको खोर अझ मजबुद हुने लामिडाडा बाख्रापालन मूल समितीकी संयोजक अस्मिता चेपाङले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित