Rashtriya Dainik

अयोध्यामा प्राणप्रतिष्ठा, नेपालमा उत्सव !

बिनोद निगम/ नवलपरासी,९ माघ

हिन्दु धर्मावलम्बीहरुको आस्था मानिएको राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा नवलपरासी पाल्हिनन्दन ,रामग्राम, प्रतापपुर सुस्ता लगायत ठाउँमा भव्य रैली निकालिएको थियो ।

नवलपरासीका हिन्दू संगठनको अगुवाईमा रामग्राम नगरपालिकाका र पाल्हिनन्दन गाउँपालिकाको सीमा क्षेत्र, बजार लगाएतका ठाउँमा भव्य रैली निकालिएको हो ।

भगवान रामको प्राण प्रतिष्ठा चलिरहँदा पाल्हिनन्दन्मा नेपाली कांग्रेसका पूर्व गृहराज मन्त्री देवेन्द्र राज कँडेल मुन्न बाबु लगाएतका विभिन्न राजनीतिक दलका अगुवाहरु, नेता, कार्यकर्ता र सर्वसाधारण, श्रद्धालुहरुको सयौँको सँख्यामा रैली निकालिएको हो ।

बर्षौपछि भगवान रामले आफ्नो मन्दिर पाएको उत्साह भन्दै हिन्दुवादीले बजार क्षेत्रमा रयाली निकाल्ने प्रस्ताव गरेका थिए । सोही बमोजिम विभिन्न दलका नेता कार्यकर्ताहरुले समेत खुसीयालीले रैली निकालिएको थियो ।

रैली नवलपरासीका बजार क्षेत्रको विभिन्न गल्ली, धार्मिक स्थलको परिक्रमा गरेको थियो। भगवान रामले बर्षौपछि आफ्नो घर फर्कीदा खुसीको सीमा नरहेको हिन्दू सनातनीहरूले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित