आरपी उपध्याय / नवलपरासी
सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गुल्मले पुर्वी नवलपरासीको गैंडाकोट स्थित मौलाकालिका मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको २३ औं स्थापना दिवसको अवसरमा माघ ८ गते पवित्र धार्मिक धरोहर मौलाकालिका मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको ३१ न. गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिनुभएको छ।
३१ न. गुल्मबाट डि.एस.पी. क्षेत्रीको नेतृत्वमा गएको २५ को सङ्ख्याका जनशक्तिबाट सफाइ कार्यक्रम गरिएको थियो।
सफाइ कार्यमा ए.पी.एफ.का जनशक्तिबाट गरिएको सफाइ अभियानमा मौलाकालीका मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको बताइएको छ।
“शान्ती सुरक्षा प्रतिबद्धता”को महानतम जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल ३१ न. गुल्म भेडाबारीले यसपुर्व पनि विभिन्न उत्सव समारोहमा नवलपुर जिल्लाको विभिन्न शक्तिपिठहरुमा स्थानिय संघसंस्थाहरु सङ्ग समन्वय गरि सफाइ अभियान सञ्चालन गर्दै आएको जानकारी प्राप्त भएको छ।
ए.पि.एफ.को जनशक्तिबाट गरिएको सफाइ कार्यक्रमले स्थानिय स्तरमा सकारात्मक प्रभाव परेको पनि बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

