Rashtriya Dainik

पाल्हिनन्दन गाउँपालिकाद्वारा जेष्ठ नागरिकहरुलाई कम्मल वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,९ माघ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाद्वारा जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरिएको छ।


मौसममा आएको परिवर्तन र चिसो मौसमलाई ध्यानमा राखी जेष्ठ नागरिकहरूलाई केही राहत होस भन्ने उद्देश्यले पाल्हिनन्दन गाउँपालिकाले कम्मल वितरण गरेको पालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिनुभयो । उहाँले विपन्न तथा असक्त नागरिकलाई मध्यनजर गर्दै आवश्यकता अनुसारको कार्यक्रम पालिकाले सञ्चालन गरिरहेको पनि बताउनुभयो ।

त्यस्तै पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले चिसो बढ्दैजादा जेष्ठ नागरिकहरुलाई जाडो छल्न सहज होस भनी कम्मल वितरण गरेको बताउदै अगामी दिनमा यस्तै सहयोग गरिरहने बताउनु भएको हो।


कम्बल वितरण पाल्हिनन्न गाउँपालिका वडा नं. १ देखि ६ सम्मका ६ सय जेष्ठ नागरिकलाई वितरण गरिएको उपाध्यक्ष अन्सारीले जानकारी दिनुभएको हो।

पाल्हिनन्न गाउँपालिका वडा नं. १ देखि ६ का वडा अध्यक्षहरुले उपलब्ध गराएको नामकाे आधारमा जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभयो ।

न्यानो कम्मल पाएपछी स्थानिय खुसी भएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित