आरपि उपाध्याय / नवलपरासी ,८ माघ
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत गण्डक ब्यारेज नाकाबाट झाकी सहितको एक धार्मिक रेली चितवनको बाल्मिकी आश्रममा पुगेको छ।
मर्यादा पुरुषोत्तम श्री राम भगवानको प्राण प्रतिष्ठाको अवसर पारेर निकालिएको झाकी सहितको रेलीले चितवन बाल्मिकी आश्रम स्थित सीता माता मन्दिर परिसरमा धार्मिक समारोह सहित एघार हजार दीप प्रज्वलित गरिएको थियो।

विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर बाल्मिकी आश्रम जिल्ला समितीको आयोजनामा निकालिएको धार्मिक रेलीमा नेपाल भारतका गरि पाँच हजार श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेकोे आयोजकले जानकारी दिएको छ।
हिन्दु धर्मको रक्षा र ओझेलमा परेको बाल्मिकी आश्रमको प्रचारप्रसार हेतु आयोजना गरिएको झाकी सहितको रेलीले गण्डक ब्यारेज पार गरि भारत भुमि हुँदै जटाशन्कर परिक्रमा गर्दै बाल्मिकी आश्रम पुगेको थियो।
धार्मिक कथन अनुसार त्रेता युगमा भगवान श्री रामले माता सीतालाई त्याग गरेको भुमिको रुपमा परिचित आश्रममा नै श्री राम पुत्र लवकुशको जन्म भएको स्थलको रुपलाई हिन्दु धर्मको मुल थलोको रुपमा पहिचान हुँदै आएको हो।

सीता माता मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष विश्वमर्दन शाहको अध्यक्षतामा आयोजित धार्मिक दीप प्रज्वलन कार्यक्रममा गण्डकी प्रदेशकी सान्सद बिन्दु पहाडीले नेतृत्व वर्गको ध्यान नपुगेको कारण आश्रम ओझेलमा पुगेको बताउदै बाल्मिकी आश्रमको विकास प्रवर्द्धन गर्ने दायित्व बाग्मती प्रदेश सरकार र माणी नगरपालिका कै रहेकोे जिकिर गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवारले बाल्मिकी आश्रमलाई गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्दै आश्रमको विकासको लागि मुक्तिनाथ पिठाधिस स्वामी कमल नयनाचार्यको पद प्रवेश भएमा आश्रमको विकास द्रुत गतिका साथ हुने र यो कार्यका लागि सन्त योगिहरुले नै विशेष योगदान पुर्याउनु पर्ने धारणा राख्नुभयो।
दीप प्रज्वलन कार्यक्रममा माणी नगरपालिका का उपप्रमुख खेम प्रसाद महतोले विगतमा जेजस्तो भएपनि अब आउने दिनहरुमा खानेपानी,शिक्षा र विद्युतजस्ता आधारभूत आवश्यकता पूरा गर्ने तर्फ पालिकाको गम्भीर ध्यान पुग्ने बताउदै मन्दिर समितिले प्रस्तुत गरेको पत्र उपर पालिकाले सम्मानजनक सम्बोधन गर्ने वचन दिनुभयो।
सो अवसरमा गजेन्द्र मोक्ष धामका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्य, बैंकटेश मन्दिर त्रिवेणीका पिठाधिश चक्रपाणि आचार्य,माणी नगरपालिका १ का वडाध्यक्ष अमीत लामा,समाजसेवी छबिलाल भट्टराई,राप्रपा नवलपुरका सचीव गुणाखर लगायतले आश्रमको भुभाग रक्षा र हिन्दु धर्मको संरक्षणको लागि राज्य गम्भीर भएर अगाडी बढ्नुपर्ने सुझाव दिनुभएको कार्यक्रम सञ्चालिका शोभा क्षेत्रीले जानकारी दिनुभएको छ।

हिन्दु धर्मावलम्बीहरुद्वारा झाकी सहित निकालिएको रेलीमा “जय श्री राम”को नारा उदघोष गर्दै उक्त रेलीलाई भारत भुमिको सडकमा निस्केका नरनारीहरुले फुलको गुच्छासहित स्वागत गरेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

