बिनोद निगम/अनिल बनिया/नवलपरासी ८ माघ
भारतको अयोध्यामा निर्मित राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा नवलपरासी उल्लासमय बनेको छ ।
भगवान रामको शोभा यात्रा निकालें पछि नवलपरासीमा सोमबार बिहानैदेखि चोक–चोकमा राम धुन गुञ्जिरहेको छ मठ मन्दिरहरुमा भजनकिर्तन भइरहेको छ ।
नवलपरासीको श्रदालुको भिड लाग्दैछ । महेशपुरका विभिन्न चौक, मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा फहराइएको छ । ।
महेशपुर चौकमा फुल मालाले सजाइएको छ । आज बेलुकी ५ बजे नवलपरासीका सबै घर-मन्दिरमा दीप प्रज्वलन गर्ने ।
दिपोत्सव सम्पन्न भएपछि बेलुकी ६ बजे महेशपुर कोटाहि माताको मन्दिरमा आरतीको आयोजना गरिने महेशपुर हिन्दू स्वंम सेवकले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

