वीरगन्ज ,७ माघ
पर्सामा बिलबिजक भन्दा बढी आलु र प्याज लोड रहेको मिनी ट्रकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगन्जको मिना बजारमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट मकवानपुरतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ०३३२ नम्बरको मालवाहक मिनीट्रकलाई रोकी जाँच गर्दा १ लाख २४ हजार ५ रुपैया बराबरको बिलबिजक भन्दा बढी बोकेको आलु र प्याज सहित ट्रक पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।
पक्राउ परेका आलु र प्याज लोड रहेको मिनी ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक शाहले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

