राजन कुमार बानिया /पर्सा, ७ माघ
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिका र रेडक्रसबीच सम्झौता भएको छ । बिन्दबासिनी गाउँपालिकाकाले गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । रगत आवश्यक पर्ने गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिकाको कार्यालय र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका वीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सौरभ राज पाण्डे बीच भएको सम्झौतामा रगत आवश्यक पर्ने गाउँवासीलाई रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार सेवा पर्साबाट रगत उपलब्ध गराइने छ । यो सम्झौता लागू भइसकेको जनाइएको छ ।
बिन्दबासिनी गाउँपालिका प्रमुख तिवारीले निर्वाचनमा उम्मेदवार हुँदाका बखत गरेको चुनावी प्रतिबद्धता र गाउँ पालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएको ‘ अध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम’ अन्तरगत गाउँवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको बताए ।
निःशुल्क रगत पाउनका लागि आफू गाउँवासी भएको प्रमाण स्वरूप यसै गाउँपालिकाको भनेर प्रमाण खुल्ने नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
गाउँपालिकाको कार्यालयमा भएको सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , लेखा प्रमुख मिथलेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

