पर्वत , बिहादी । पर्वतको बिहादी गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारीले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ ।
बिहादी गाउँपालीकाको वडा ६ मा रहेको शालिग्राम माध्यमिक विद्यालयको ५२औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएकि गाउँ पालिका उपाध्यक्षमा मिना शर्मा तिवारीले उक्त अबसरमा बोल्दै उनले भौतिक संरचना सँगसँगै गुणस्तर शिक्षा प्रदान गर्न आवश्यक रहेको छ भने ।

शिक्षाविना विकासले फड्को मार्न नसक्ने भन्दै उपाध्यक्षले समयको मागअनुरुप शिक्षा दिन सक्नुपर्नेमा जोड दिनुए ।
“अहिलेको युग प्रविधिको युग भएकाले प्राविधिकमैत्री शिक्षामा जोड दिनुपर्छ,” उनले भने, “जस्तोसुकै प्रतिस्पर्धामा पनि डट्न सक्ने जनशक्ति उत्पादन गर्नेतर्फ लाग्नुपर्छ ।” यसका लागि स्थानीय तहले सक्दो सहयोग गर्ने र प्रदेश र केन्द्र बाट पनि सहयोग लिने बताउनुभयो ।
शालीग्राम माबी बिहादीको सर्बोत्कृष्ट रहेको, बताउदै अहिलेका बिध्यार्थी बिदेश नै जाने भन्ने लक्ष्य लिएर पढेको हुदा नेपालमै स्वरोजगार बन्ने गरी नेपालको माटोको सेवा गर्ने गरी पढ्न अनुरोध गर्नुभयोको थियो ।

सँगै तिवारीले भन्नुभयो आफू सधैं बिहादीको शिक्षा सुधार र बिहादीको बिकासका निमित्त सधैं लागि पर्ने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

