Rashtriya Dainik

श्रीराम ललाको प्राण प्रतिष्ठानको अवसरमा पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा आज कलश यात्रा

राजन कुमार बानिया /पर्सा, ७ माघ

भारतको अयोध्यामा २२ जनवरी सोमबारको दिन श्रीराम ललाको नवनिर्मित मन्दिरको उद्घाटन र श्रीराम ललाको प्राण प्रतिष्ठानको अवसरमा पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा आज कलश यात्रा निकालिएको छ।

अयोध्यामा श्रीराम भगवानको अागमन भएको खुशिमा उतसाह सवरुप सोमबारको दिन देखि २४ घन्टाको अष्ठयाम शुरु हुने स्थानिय प्रभु पटेलले जनाए । धोबिनी गाउँका स्थानियबासी हरुको सहयोगमा हुन लागेको २४ घण्टा अष्ठयामको अवसरमा अाईतबारको कलश यात्रा निकालीएको हो।

धोबिनी श्रीरामजानकी मंदिरबाट निसकेको कलश यात्रा बाजागाजाको साथै धुमधामको साथ कलश यात्रा गाउँ बाट हरिहरपुर, लंगडी,जगरनापुर हुँदै अोरिया खोलामा जल भरेर पुनह यज्ञ स्थल मा पुगेको थियोे । कलश यात्रा कार्यक्रम मा बाबा जगदिश प्रसाद कुर्मी,लक्ष्मी राउत कुर्मी,उमेस पटेल,अशोक यादव, शम्भु पटेल,शम्भु साह, लगायत महिला पुरुष र कुवारी कन्या गरि सयौ को संख्यामा सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित