पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ गजेन्द्र मोक्ष धाममा एक कार्यक्रमका बिच स्वामी श्रीधराचार्यको मुर्ति अनावरण गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले श्रीधराचार्यको पुर्ण कदको मुर्ति अनावरण गर्नुभएको हो।
गण्डकी प्रदेशकै एतिहासिक,धार्मिक, पर्यटकीय क्षेत्र गजेन्द्र मोक्ष दिब्य धाममा मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यको नेतृत्वमा षडाचर्या स्वामी श्रीधराचार्यको अष्ट धातुबाट निर्मित पुर्ण कदको मुर्तिलाई मुख्यमन्त्री पाण्डेले अनावरण गर्नुभएको थियो।
गजेन्द्र मोक्ष दिब्य धाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्य (करपात्री) को अध्यक्षतामा आयोजित मुर्ति अनावरण कार्यक्रममा गण्डकी प्रदेशका कृषि भुमि व्यवस्थापन मन्त्री महेन्द्रध्वज जि.सी.,साधु सन्त, समाजसेवी एवं ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेको बताइएको छ।
मुर्ती अनावरण कार्यक्रममा वैधिक विधिद्वारा सम्पादन गरिएको गुरुकुलममा समेत मुख्यमन्त्री पाण्डेको सहभागीता रहेको थियो।
देव देश नेपालमा जे जति सेवाका प्रकल्पहरु हामीबाट चलेका छन,यी सबै आफ्ना गुरु बैकुण्ठ वासी स्वामी श्रीधराचार्यकै आशीर्वादको फल भएकोले यहि फलबाट आफ्ना दीवङ्गत गुरुप्रती कृतज्ञता गरिएको मुक्तिनाथ पिठाधिस स्वामी नयनाचार्यले बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

