Rashtriya Dainik

श्री राम ,सीता माता र श्रीहनुमानको प्राण प्रतिष्ठानको लागी पर्सामा कलश यात्रा

राजन कुमार बानिया
पर्सा ६ पर्सा
भारतको अयोध्यामा २२ जनवरी सोमबारको दिन श्रीराम ललाके नवनिर्मित मन्दिरको उद्घाटन र श्रीरामको प्राण प्रतिष्ठानको अवसरमा अाज नेपालको पर्सा जिल्लाको छुटा छुटै ठाउँमा श्रीराम जानकी मन्दिरमा श्रीराम,सीता माता र श्रीहनुमान जीको प्राण प्रतिष्ठानको लागी अाज कलश यात्रा निकालीएंको छ। जिल्लाको छिपहरमाई गाउँपालिकाको वडा नं ३ जयमंगलापुरमा रहेको नवनिर्मित श्रीराम जानकी मन्दिरमा श्री हनुमानतयको प्राण प्रतिष्ठानको लागि निसकेको कलश यात्रा धुमधामको साथ कलश यात्राको उद्घाटन छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले उद्घाटन गर्नु भएको थियो। कलश यात्रा कार्यक्रममा भने मित्र देश भारतको अयोध्यामा २२ जनवरीको श्री राम भगवान जीको नवनिर्मित मन्दिरको उद्घाटन एव श्रीराम ललाको प्राण प्रतिष्ठानको अवसरमा नेपाल भरि बिभिन स्थान हुरुमा धुमधामको बिभिन कार्यक्रम गरि दिपावली मनाउन गाउँबासी हरुलाई अाग्रह गर्नु भएको छ। भगवान श्रीराम जी ५ सय वर्ष पछी अाफनो ठाउँमा अाउदै हुनु हुन्छ। यो उतसवमा हिन्दु मुस्लिम दाजु भाइ ,दिदी बहिनी हरुले भाइ चारा कार्यम गर्दै अा अाफ्नो घर हरुमा दिपावली मनाउन अाग्रह समेत गरेका छन।साथै प्रेस बिज्ञपती निकालदै दुई दिन सम्म माछा,मासु र मदिरामा प्रतिबन्ध लगाउनु भएको छ।सोही अवसरमा नवनिर्मित श्रीराम जानकी मन्दिरको प्राण प्रतिष्ठानमा भब्य सभ्यका साथ मनाउने अाग्रह समेत गरे।यसै गरि जिलाको सखुवाप्रसौनी गाउँपालिका वाड नं ४ देवरबाना गाउँमा श्रीराम जानकी र श्रीहनुमान जीको प्राण प्रतिष्ठानको लिएर अाज कशल यात्रा निकालिएको छ ।कलश यात्राको उद्घाटन गाउँपालिका अध्यक्ष जसवनत यादवले गर्नु भएको थियो। कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत राजेश प्रसाद रौनियार, वडाअध्यक्ष अारिफ मियाँ ,समाजसेबी अर्जुन थारु,शिव अोझैया, त्यसै गरि जयमंगलापुरको कलश यात्रामा वडाअध्यक्ष दिपेन्द्र सिंह,पुर्व वडाअध्यक्ष बिनोद साह,बिहारी साह, अनिल साह , शिक्षक मनोज पटेल, लगायत सयौ महिला पुरुष कुवारी कन्या सभा भएको थियो। जयमंगलापुर बाट निसके को कलश यात्रा भिस्वा हुँदै तुल्सिवर्वा भएर अोरिया खोला बाट जलभरेर पुन्ह मन्दिर स्थल मा पुगेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित