Rashtriya Dainik

पर्साको घोबिनी गापा-३ हरिहरपुर बजारको अध्यक्ष चौहानद्वारा उद्घाटन

राजन कुमार बानिया
पर्सा ६ माघ
पर्साको घोबिनी गाउँपालिका- ३ हरिहरपुरमा आज नयाँ हाट बजार शुरु भएको छ। हरिहरपुरमा नयाँ हाट बजारलाई एक समारोहका बिच शनिबारको दिन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले उद्घाटन गर्नु भएको थियो। हरिहरपुरमा रहेको बजरगं चौकमा हाट बजार शुरु भएको हो। यो हाट बजार
प्रतेक शनिबार हरिहरपुरमा लागने अायोजक समितिले जनाएका छन। उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता श्यामकिसोर पटेल, वडा अध्यक्ष राजकिशोर पटेल, नेकपा एमालेका नेता
सदाम हुसेन, हरिशन्कर पटेल,
अमिका पटेल, पपु पटेल, दुर्गा पटेल इबराहिम मियाँ
बजार समिति अध्यक्ष प्रशान्त गुप्ता, उपाध्यक्ष शान्ति देवी, सचिव पवन पटेल, कोषअध्यक्ष सुजित पटेल, सहसचिव रामाधार पटेल, मिरोज आलम, सदस्य इखतियार मियाँ लगायतको सहभागीता रहेको थियोे । हाट बजारमा सास्कृतिक नाच नचाएर प्रसार प्रचार गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित