Rashtriya Dainik

राम मन्दिर प्राण प्रतिष्ठाकाे दिन नवलपरासीको ४ पालिकामा माछा-मासु र मदिरा निषेध,घरघरमा दिपावली मनाउन आग्रह

उमेश बि.क / नवलपरासी ,५ माघ

पश्चिम नवलपरासीको चार गाउँपालिकाले माछा–मासु र मदिरा विक्री–वितरणमा निषेध गरेको छ ।

यहि माघ ८ गते सोमवारका दिन हिन्दुहरुको आस्थाको केन्द्र मिथिला चेली सीता माताको कर्मभुमि तथा भगवान श्रीरामको जन्मभुमि छिमेकी देश भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रमको अवसरमा पश्चिम नवलपरासीको चार पालिकाले माछा–मासु र मदिरा विक्री–वितरणमा निषेध हाे ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय , प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव र पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) ले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कुनै पनि किसिमको जिवजन्तु, पशुपंक्षी आदिको वध नगर्न साथै माछा–मासु र मदिरा विक्री–वितरणमा निषेध गरिएको बताउनुभएको छ।

साथै सम्बन्धित गाँउपालिका भित्र रहेको विभिन्न धार्मिक मठ मन्दिरबाट सुरु हुने धार्मिक र्यालीमा सहभागी भईदिनुहुन, धार्मिक मठ मन्दिर तथा चोक चौराहा र घरघरमा दिप प्रज्ज्वलन गरी हर्षोल्लासका साथ दिपावली गर्नुहुन सम्पुर्ण पालिका बासिहरुमा आव्हान गरिएको छ।

अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मूर्तिको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित