आरपि उपाध्याय / नवलपरासी ,५ माघ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले त्रिवेणी दुम्किबास सडक निर्माण कार्य प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेकोे बताउनु भएको छ।
त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितीको कार्यालय उद्घाटन एवं वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र गण्डक ब्यारेज नाकाको त्रिवेणी दुम्किबास सडकलाई आफ्नो बाकी कार्यकाल अवधीभित्रै कानुनी जटिलतालाई समाधान गर्दै सडक निर्माण गरेरै छोड्ने प्रतिबद्धता दोहर्याउनु भयो।
विनयी त्रिवेणी गाउँपालिकाको वडा न.६ र ७ निकै ओझेल र भौगोलिक विकटताले भरिएको हुँदा जिल्ला मुख्यालय सम्म पुग्न कठिनाई भएकोले सडक निर्माण गरेर कठिनाईको अन्त्य गर्ने पनि मुख्यमन्त्री पाण्डेको भनाइ रहेको थियो।
सो अवसरमा कृषि भुमि व्यवस्थापन मन्त्री महेन्द्रध्वज जि.सी.ले प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विकास निर्माण कार्यलाई नागरिकको माग बमोजिम संबोधन गर्दै जाने धारणा राख्दै त्रिवेणी दुम्किबास सडक निर्माणको प्रारम्भिक प्रकृया सुरु भैसकेको जानकारी दिनुभयो।
क्षेत्र विकास समितिका अध्यक्ष करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले कार्यक्रमको विषय प्रवेश र उद्देश्य माथी प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा गण्डकी प्रदेश सरकारको प्रमुख सचिव लक्ष्मी बस्नेत लगायत प्रदेश सान्सदहरुको पनि उपस्थिति रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषालले जानकारी दिनुभएको छ।
नवलपुर जिल्लाको ३ दिने भ्रमणका लागि आउनुभएका मुख्यमन्त्री पाण्डेले विनयी त्रिवेणी गाउँपालिका,मध्यविन्दु, देवचुली र गैडाकोट नगरपालिकामा भएका विकास निर्माण स्थलहरुको पनि निरीक्षण गर्नुभएको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

