राष्ट्रिय दैनिक / नवलपरासी ,५ माघ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ भिमटाडिमा अवस्थित नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाद्वारा कम्बल वितरण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी बालपुरी उपशाखाको सभापति भोलेनाथ कोइरीको अध्यक्षतामा बृद्ध, अतिबिपन्न, एकल महिला तथा अपाङ्गता ब्यक्तिहरुलाई परिवारको ब्यक्तिलाई कम्बल वितरण गरिएको हो।

कम्बल वितरण गर्दै रेडक्रस अध्यक्ष कोइरीले विपन्न वर्गका नागरिकलाई जोगाउने दायित्व सबैको रहेको बताउनुभयो । उहाँले विपन्न तथा असक्त नागरिकलाई मध्यनजर गर्दै आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन गरिरहेको पनि बताउनुभयो । चिसो बढ्दैजादा बृद्ध, अतिबिपन्न, एकल महिला तथा अपाङ्गता ब्यक्तिलाई जाडो छल्न सहज होस भनी कम्मल वितरण गरेको बताउदै अगामी दिनमा यस्तै सहयोग गरिरहने बताउनु भएको हो।

कम्बल सरावल गाउँपालिका वडा नं. १ देखि ४ भित्रका २० बृद्ध, अतिबिपन्न, एकल महिला तथा अपाङ्गता भएको ब्यक्तिलाई वितरण गरिएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

