Rashtriya Dainik

राम मन्दिर उद्घाटनका दिन छिपहरमाईमा माछा-मासु र मदिरा निषेध ,घरघरमा दिपावली मनाउन आग्रह

राजन कुमार बानिया /पर्सा ,५ माघ

जिल्लाको छिपहरमाई गाउँपालिकामा माछा–मासु र मदिरा विक्री–वितरणमा निषेध गरिएको छ ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन माघ ८ गते हुन गइरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साको छिपहरमाई गाउँपालिकामा माछा–मासु र मदिराको बिक्री–वितरणमा रोक लगाइएको हो ।

गाँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवको वध तथा मदिराको बिक्रि–वितरण नगरिदन आग्रह गरेका छन।

साथै छिपहरमाई गाँउपालिकामा राम मन्दिरको उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष गुप्ताले आग्रह गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित