Rashtriya Dainik

जसपा नवलपरासीले मनायाे बलिदानी दिवस

सुरेश यादव/नवलपरासी ,माघ ०५ ।

पश्चिम नवलपरासीकाे जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा बालिदानी दिवस अवसरमा जनता समाजवादी पार्टी नवलपरासीले आज करिव १५ जना बिरामीलाई फलफुल वितरण गरेकाे छ ।

साथै महेशपुरमा रहेकाे सहिद जगदीश पासवानकाे शालिकमा माल्यअर्पण गरेकाे जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी दिनुभयाे । सहिद पासवानकाे नामले जिल्लाकाे रामग्राम १७ र पाल्हिनन्दन ६ मा रहेकाे विद्यालयका संस्थापकहरुलाई सम्मान गरिएकाे जसपाका जिल्ला सचिव एवम् रामग्राम ४ का वडा अध्यक्ष मदन यादवले बताउनुभयाे ।

फलफुल वितरण कार्यक्रम पश्चात सहिद पासवानकि आमा सिंगारीदेवी पासवानलाई नगद सहित दाेस्लाले सम्मान गर्दै जिल्ला अध्यक्ष धरेन्द्र यादवले माघ ५ गतेका दिन हरेक वर्ष सहिदहरुकाे सम्झनामा बलिदानी दिवस मनउदै आएकाे र मधेस प्रदेश सरकारले आज प्रदेश भरी सार्वजनिक बिदा दिएकाे र लुम्बिनी प्रदेश सरकारले बिदा नदिदा आउने दिनमा बलिदानी दिवसकाे दिन बिदा दिन माग समेत गरेका छन् ।

फलफुल वितरणमा संविधानसभा सदस्य अलाउदीन अन्सारी,रामग्राम १६ का वडा अध्यक्ष विजय कुमार यादव,पृथ्वी चन्द्र अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ता,रामग्राम ४ का वडा सदस्य प्रभुलाल माैर्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित