राजन कुमार बानिया
पर्सा ५ माघ
भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साकाे धोबिनी गाउँपालिकामा
माछा,मासु र मदिराकाे बिक्रीवितरणमा राेक लगाइएको छ।
धोबिनी गाँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले बिहीवार एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।त्यस्तै
भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साकाे कालिकामाई गाउँपालिकामा पनि
माछा,मासु र मदिराकाे बिक्रीवितरणमा राेक लगाइएको छ। कालिकामाई गाँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बिहीवार एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।
साथै कालिकामाई गाँउपालिकामा राम मन्दिरकाे उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष गुप्ताले आग्रह गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

