Rashtriya Dainik

लागुओैषध सहित परासीबाट एक जना पक्राउ

बिनोद निगम- अनिल बनिया/,नवलपरासी/ ४ माघ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ बाईपास चोकमा प्रहरीले लागुओैषध सहित मानिस पक्राउ गरेकाे छ ।

महेशपुर बाट पैदल आउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा रुपन्देही देवदह नगरपालिका वडा नं १२ बस्ने वर्ष २१ को धरमवीर केवटलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

केवटले लगाएको ज्याकेटको दुबै खल्तीबाट प्रहरीले २/२ एम.एल.को नाेरफिन ५२ एम्पुल, दाईजापाम ५२ एम्पुल, फेनरागन ५२ एम्पुल,नाेरफिन स्टिकर ५४ पिस,टम्बाे कम्पनीको केपड माेबाईल १ थान र एन्ड्राेईड मोबाईल १ थान फेला पारेकाे थियाे ।

तत्पश्चात उनलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित