अनिल बनिया/ नवलपरासी/३ माघ
भारतबाट नेपाल भित्रिने लागु औषध ड्रग्स नियन्त्रण नहुँदा नेपाल प्रहरीलाई समस्या भइरहेको बेला भारतीय सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमा लागु औषध नियन्त्रणमा चासो देखाएको छ ।
यसैक्रममा भारतीय प्रहरीले नेपाल भित्राउन लागेको ठुलो परिणाममा लागु औषध ड्रग्स सहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचना को आधारमा ठुठीबारी चन्दन पुल नजिकैबाट लागु औषधसहित पश्चिम नवलपरासीको रामग्राम ९ करर्मैनी बस्ने सुरेन्द्र प्रसाद भारतीको छोरा वर्ष ४८ का मोल्हु र चितवन जिल्लाको ( भरतपुर ) बस्ने बाबुराम महतोका छोरा वर्ष २२ का विष्णु महतो पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीले तलासी गर्द उनीहरुको साथबाट ५० एम्पुल सेराजैका इन्जेक्शन,५० एम्पुल बुप्रेनोर्फिन इन्जेक्शन-जम्मा १०० एम्पुल गरी लागु औषध बरामद गरेको हो । त्यसै रातो रंगको लु ६ पा ४४६७ नम्बर मोटरसाईकल र उनलाई लागु औषधसहित आवश्यक कारबाहीका लागि महाराजगंज जिल्लाको ठुठीबारी कोतवालीमा राखिएको बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

