वीरगंज, पर्सा
पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको स्वावलम्बन लघुबित बितीय संस्था लि.पोखरिया शाखाको शाखा प्रमुख राजेन्द्र विश्वकर्मा माथी पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरियामा एक जना ऋणीले मंगलवार राती दूरव्यवहार गर्ने प्रयास गरेका शाखा प्रमुख विश्वकर्माले बताए छन ।
पोखरिया नगरपालिका वडा नम्बर ४ सतवरिया निवासी राजनारायण दुबेको पत्नी श्रीमती देवीले स्वालंबन लघुबित बितीय संस्था लि.पोखरिया शाखा बाट केही बर्ष अगाड़ी १० लाख रुपिया ऋण लिएकी छिन ।
नेपाल सरकारले मिटर ब्याज लागू गरे पछी उनले ऋण मिनाहा हुने उदेश्यले हाल सम ५ वटा किश्ता तिरेकी छैन्न।
१० लाख रुपिया ऋण लिएकी श्रीमती देवीको हरेक महिना रु १७ हजार बराबरको किस्ता तिर्नू पर्ने हो।
हाल सम १० लाख रुपैया ऋण बाट उनले १ लाख ३३ हजार रुपिया तीरेकी छीन ।भने उनको बैंक लाई सवा तथा ब्याज सहित ८ लाख ६७ हजार रुपिया तिर्न बाकी रहेको छ ।
१७ हजार बराबरको किसतामा उनले लगातार ५ वटा किस्ता तीर्न नसके पछी लघूबितले उनलाई ती किसता तीर्न को निमित २०८०/ पुस १३ गते पत्र पठाएको थियो।
त्यो पत्र ऋणी श्रीमती देवीले पुस २५ गते बुझेका थिइन।
पत्र बुझन साथ ति महिलाको श्रीमान राजनरायण दुबेले सो लघुबितमा गई घरमा परिवारजन बिरामी भएकोले किस्ता तिर्न नसकेर किसताको म्याद थमाउन आग्रह गरे पश्चाताप आज ति शाखाका शाखा प्रमुख राजेन्द्र विश्वकर्माले महिलाको घरमा करीब ७ बजे राती पूगेका विश्वकर्मा माथी ऋणी श्रीमती देवीको छोरा सुनील कुमार दूबेले लघूबित तथा बितीय संस्था संघ पीड़ित संघर्ष समिति पर्साको अध्यक्ष शिव साहलाई फोन गरी घर मइ बोलाई शाखा प्रमुख विश्वकर्मालाई घर भित्र हुल हुजत गर्न लगाएको शाखा प्रमुख बिश्वकर्माले बताए ।
शाखा प्रमुख विश्वकर्मा उनको घरमा जादा ४/५ जना अपरिचित मान्छे मुख छोपेर बसेका देखे पछि आफुलाई संखा लागेको र घरको आंगनमा छिर्दा एकासी उनीहरूले घरको बाहिर बाट गेटमा तल्चा लगाई आफूलाई घर भित्रै बन्धक बनाएर हुल हुजत गरेको विश्वकर्माले बताए ।
घर भित्र आफूले एक्लो परे पछि आफ्नो केही नचलेको बताए।घर भित्र आफू परेको र घरमा बन्धक नै बनेको घरमा आफनो कोई कतै न भए पछी अब ज्यानै जाला जस्तो आफुले महसूस गरेको शाखा प्रमुख विश्वकर्माले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

