राजन कुमार बानिया /पर्सा ,३ माघ
पर्साको धोबिनी गाउँपालिका वडा नं ५ जगरनाथपुर नावकाटोलामा रहेको नेपाल रास्ट्रिय प्राथमिक बिधालयको नवनिर्मित बिधालय भवनको उद्घाटन अाज सम्पन्न भएको छ।
नवनिर्मित बिधालय भवनको उद्घाटन एक समारोहका बिच वडा नं ५ धोबिनीका वडा अध्यक्ष मनाउर मियाँ र नेकपा एमालेका नेता सलाउदिन अहमद र बिरेन्द्र यादवले संयुक्त रुपमा गर्नु भएको थियो।
उद्घाटन समारोहमा नेकपा एमालेका नेता बिरेन्द्र यादव, सलाउदिन अहमद, वडा नं ४ का वडा अध्यक्ष अबास मियाँ चुरिहार, शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, स्वस्थ्य शाखा प्रमुख सन्जय यादव, योजना प्रमुख पपु पटेल, रबिभुसन पटेल, ईलाका प्रहरी कार्यालय लंगडीका सई तोपेन्द्र जिसी,श्री अजिज माबी धोबिनीका प्रअ जितेन्द्र राम,आरिफ मिया, लगायतका सहभागिता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

