राजन कुमार बानिया /पर्सा, ३ माघ
लागु औषध सहित एक जना मानिसलाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका वडा नं.८ पानीटंकी सडकखण्डमा बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले बब्लुलाल कर्णलाई नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरीले चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ परेका १५०० एम्पुलर रिक्सा चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१ छप्कैया बस्ने वर्ष ५० को बब्लुलाल कर्णलाई लागु औषध सहित विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

