Rashtriya Dainik

साहित्यकार अनामणी सम्मानित

काठमाडाैं । जनमत साहित्यिक मासिक होमपेज विविध साहित्य संक्षेप प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधाका नौजनालाई सम्मान जनमत जनमत प्रकाशित २८ पुष २०८०, शनिबार प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधाका नौजनालाई सम्मान प्रतिभा सम्मान प्रवन्ध गुठीले शनिवार बनेपामा आयोजना कार्यक्रममा विभिन्न विधामा योगदान गर्ने नौ जना व्यक्तिहरूलाई सम्मान गरेको छ।

पत्रकारहरुमा भोला थापा, मोतीराम तिमल्सिना, दिपक सापकोटा, साहित्यकारहरु यादव खरेल, सुर्यप्रसाद लाकोजु र रत्नप्रसाद अनामणी, उद्यमी महिलाहरुमा कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु सम्मानित हुनुभएको छ। गुठीका अध्यक्ष मोहन दुवाल को अध्यक्षता भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान गरेका हुन् ।

पुरस्कार छनौट समितिले एक महिना अघि २०७७, २०७८ र २०७९ सालका उत्कृष्ट ब्यक्तिहरु छनौट गरी सम्मान गर्ने निर्णय गरेको थियो । कोभिड संक्रमणका कारण सोही वर्षदेखि पुरस्कार वितरण गर्ने कार्य रोकिएको अध्यक्ष मोहन दुवालले जनाए ।

सम्मानित हुनेहरुलाई नगद १५ हजार, दोसल्ला सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले काभ्रे जिल्ला प्रतिभा जन्माउने जिल्लाका रुपमा चिनिएको बताउँदै राष्ट्रलाई, समुदायलाई यस्ता प्रतिभाहरुको आवश्यक रहेको जनाए । ‘प्रतिभा सम्मान प्रवन्ध गुठी जस्तै संस्था आवश्यक छन् । राज्यले यस्ता प्रतिभाहरुको सम्मान गर्दैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित