जितेन्द्र गुप्ता / नवलपरासी ,३ माघ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ हरपुरमा कृष्ण ब्रम्हज्ञान महायज्ञ ११ पाठ परायणकाे उदघाटन भएको छ।
श्री कृष्ण ब्रम्हज्ञान महायज्ञ ११ पाठ परायण समितिकाे अध्यक्ष रामनगेशर रजककाे अध्यक्षता तथा नेपाली कांग्रेस केंद्रीय सदस्य एव पूर्व गृह राज्यमंत्री देवेंद्र राज कंडेलले रिभन काटी दीप प्रज्जवलन गरी कलश यात्राको सुभारंभ गर्नुभएको हाे।

कृष्ण ब्रम्हज्ञान महायज्ञ ११ पाठ परायणकाे उदघाटन समारोहमा बाेल्दै नेता कण्डेलले हिन्दु धर्मको रक्षाकाे निम्ति महायज्ञ ठुलाे भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको छ। नेपाललाई हिन्दु राष्ट्रले चिनाउन तथा जन जनमा हिन्दुवत्व कायम राख्न यज्ञले ठुलाे भुमिका खेल्ने गरेकाे छ ।

महायज्ञले सामाजिक सद्भाव, भातृ प्रेम, पिताको पैतृक आज्ञा, जनताको उत्तरदायित्व, सामाजिक रितिरिवाज कायम राख्न बिशेष भुमिका खेल्ने बचाउनुभयाे। वर्तमानका युवा पिँढीहरुका लागि समेत महायज्ञ ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिदै सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार, आस्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि महायज्ञ हुन जरुरी रहेको कण्डेलले जाेड दिनुभएको थियाे।

महायज्ञ तथा कलशयात्रामा यज्ञाचार्य श्री श्री १०८ श्री राममहंत जी,महायज्ञ अध्यक्ष रामनगेशर रजक, उपाध्यक्ष ज्ञानमती यादव,सचिव आरती सोनार,कथा व्यास श्री श्री १०८ श्री रसिक प्रियाचार्य जी महाराज ,नेपाली कांग्रेस सभापति नागेंद्र यादव, जितेंद्र गुप्ता, कमल किशोर रायमाझी ,जनार्दन गिरी लगाएत हजारोंको उपस्थिति रहेको थियो ।

कलश यात्रामा गाजा बाजा, झांकीको साथ यज्ञ स्थल देखी हरपुर, कछरहवा,सुगौली
भक्सीपुर हुदै झरही खोलामा जल भरी यज्ञ स्थल पुगी समापन भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

