Rashtriya Dainik

मनरीकाे १८ औं खिचडी माघी महाेत्सव मेला सम्पन्न

उमेश बि.क / नवलपरासी , ३ माघ

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका २ मनरीकाे १८ औं खिचडी माघी महाेत्सव मेला सम्पन्न भएको छ।

श्रीराम युवा प्रतिष्ठानकाे आयाेजनामा तथा सरावल गाउँपालिकाकाे सहयोगमा १८ औं खिचडी माघी महाेत्सव मेला प्रतिष्ठानकाे अध्यक्ष चक्रमणि चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको हाे।

मेला सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले
सरावलमा रहेका संस्कृतिहरूको संरक्षण र विकास गर्न सके सरावललाई छुट्टै पहिचान दिलाउन सकिने सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभएको छ।

अध्यक्ष चाैधरीले समुदायमा रहेका हरेक जातजातिको कला, संस्कृति संरक्षणका लागि गाउँपालिका सधैं अग्रसर रहेकाे बताउनुभयो । मनरी मेला पहिला जनता मा.बि मनरीकाे मेलामा लाग्दै आएको र ठाउँ साघुराे भएकोले फरक ठाउँमा मेला पालिकाले ब्यवस्थापनकाे लागि पहल र सहयोग गरेको पनि बताउनुभयो । यश मेला क्षेत्रमा सरावल गाउँपालिकाले थारु सांस्कृतिक पार्ककाे परिकल्पना र याेजना अनुसार काम अगाडि बढाइकाे बताउदै यश पार्कबाट पालिकाकाे छुट्टै पहिचान हुने जिकिर गर्नुभयो । वहाँले आफ्नाे परिकल्पना र याेजना अनुसार यस क्षेत्रमा बसाेबास गर्ने थारु समुदायकाे कला, संस्कृति, भेषभुषा, ऐेतिहासिक एवम् पुरातात्विक बस्तुकाे संरक्षण र प्रवर्धन गर्दै पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथ थारु सांस्कृतिक पार्कलाई सफल बनाउन लागि परेको बताउनुभयो ।

त्यस्तै रामग्राम नगरपालिकाकाे उपमेयर सम्झना चाैधरीले सरावल गाउँपालिकामा निर्माणधिन थारु सांस्कृतिक पार्ककाे संरक्षण , प्रबर्द्धन र विकासकाे लागि रामग्राम नगरपालिकाले बजेट बिनियाेजन गर्दै सहयोग साथ दिने कुरा राख्नुभएको थियो ।


मेला समापन समारोहमा सरावल गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, सरावल गाउँपलिका वडा नं.-१ का वडा अध्यक्ष बिष्णु प्रसाद भट्टराई, वडा नं.-२ का कर्यवाहक वडा अध्यक्ष तुफानी लाल गुप्ता, वडा नं.-३ का वडा अध्यक्ष फिरङ्गी चौधरी, युवा नेता तथा समाजसेवि शुसान्त घिमिरे, थारु बुद्धिजीवी कृष्णदत्त थारु लगाएतकाे सहभागीता रहेको नगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

पुस २९ गतेदेखि सन्चालनमा रहेको १८ औं खिचडी माघी महाेत्सव मेला अवलोकनका लागि नवलपरासी , रुपन्देही , कपिलवस्तु , नवलपुर र मित्र राष्ट्र भारत लगाएतकाे क्षेत्रबाट हजारौं संख्यामा मेला अवलोकन गरेका हुन।

साे मेलामा ‘थारु घर’ ले मेला अवलाेन गर्नेहरुकाे मन लाेभ्याएकाे थियो । त्यस स्थानमा थारु खानाको परिकार सहित थारु संग्रहालय सहितको छुट्टै ‘थारु घर’ बनाइएको थियो ।

मेलामा आयाेजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।

त्यस्तै वडा स्तरीय भलिबल प्रतियोगितामा प्रथम भिमटाडि,द्धितिय पटखाैली,तृतीय बरगदहिले हासिल गरेका हुन । प्रतियोगितामा प्रथम ,द्धितिय र तृतीय हुने समुहलाई २० हजार , १० हजार र ५ हजार प्रदान गरिएको हाे।

कार्यक्रममा थारु समुदायका कला संस्कृती झल्काउने झमटा नाच,लाठि नाच , स्थानीय कलाकारकाे प्रस्तुति र थारु समुदायका परिकारहरुले कार्यक्रमको रौनक थपिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित