राष्ट्रिय दैनिक / नवलपरासी ,३ माघ
पुर्व गृहराराज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलले सबै समुदायको कला सस्कृतीको संरक्षण गर्नु पर्नेमा जोड दिनुभएको छ ।

बर्दघाट-१२ चाैपत्तामा रहेकाे ब्रह्मबाबा सामाजिक बिकास संस्था तथा सम्झना महिला समूह आयोजनामा आयोजित खीचडी (माघी) महोत्सवकाे कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य कण्डेलले सबैको पहिचान र सभ्यता धर्म सस्कृती संग जोडिएको हुदा आउदो पुस्ताका लागि समेत सबै समुदायले संस्कृतीको संरक्षण गर्नु पर्ने बताउनु भयो ।

वहाँले समुदाय पहिचान र संस्कृती संरक्षणमा अग्रणी स्थानमा रहेको बताउदै माघी पर्व थारु समुदायको नया बर्ष भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा थारु समुदायका कला संस्कृती झल्काउने झमटा नाच,थारु समुदायका परिकारहरुले कार्यक्रमको रौनक थपिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य विश्वप्रेम पाठक,बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ लगायत जनप्रतिनिधि एवम् स्थानियको उल्लेख सहभागीता रहेको थियो ।

माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले नवलपरासीको मनरी,बर्दघाट लगायतका विभिन्न स्थानमा बिविध कार्यक्रम गरी मनाएका छन।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

