Rashtriya Dainik

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे विनयी त्रिवेणीको त्रिवेणी धाममा आउने

आरपि उपाध्याय / नवलपरासी ,३ माघ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणी धाममा आउनुहुने भएको छ।

नेपाल अधिराज्यकै प्रमुख धार्मिक धरोहर मध्ये एक पुर्वी नवलपरासीको त्रिवेणी धाममा मुख्यमन्त्री आउनु हुने त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषालले जानकारी दिनुभएको छ।
त्रिवेणी धाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक भुषालले मुख्यमन्त्री पाण्डे माघ ५ गते त्रिवेणी आउनुहुने जानकारी दिनुभयो।
गण्डकी प्रदेशको भारत सङ्ग जोडिएको त्रिवेणी क्षेत्रमा भएका विकास निर्माण र अधुरो योजनालाई पुर्णता दिन प्रदेश सरकारद्वारा गर्न सकिने थप योजनाबारे पनि मुख्यमन्त्री पाण्डेले प्राथमिकता दिने भ्रमणको योजना रहने बताइएको छ।
देशमा संघियता लागू हुँदा चर्चाको विषय बनेको त्रिवेणी दुम्किबास सडक निर्माणलाई प्रक्रिया पुर्याइ अगाडी बढाउन तथा मध्यवर्ती वनको कानुनी जटिलताले सडक निर्माण कार्यमा पुर्याएको अवरोध समाधान गर्न पनि मुख्यमन्त्री पाण्डेको भ्रमण केन्द्रित रहने बुझिएको छ।

सदियौ पुर्वदेखि त्रिवेणी धाममा रहेको मसानघाट व्यवस्थित पार्न प्रदेश सरकारको प्राथमिकता रहने बारे तथा विनयी त्रिवेणी ६ मा पहाडी खोलाले पुर्याएको क्षति न्यूनीकरण गर्न खोला व्यवस्थापन तथा तटबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइने पनि आयोजकले बताएको छ।
क्षेत्र विकास समितिद्वारा गरिएको विकास निर्माण र मन्दिर व्यवस्थापन कार्यमा भएको आर्थिक लगानी र भएको प्रगतिबारे मुख्यमन्त्रीको भ्रमण केन्द्रित रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
मुख्यमन्त्री पाण्डेको साथमा गण्डकी प्रदेश सरकारका कृषि तथा भुमि व्यवस्थापन मन्त्री महेन्द्रध्वज जि.सी. र आर्थिक मामिला मन्त्री जित प्रकाश आले पनि त्रिवेणी आउनु हुने पनि जानकारी गराइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित