Rashtriya Dainik

भुमिपुत्रका नाताले देश बचाउन थारु समुदाय अगाडी बढ्न जरुरी छ : मन्त्री चौधरी

पार्वती आचार्य /कपिलवस्तु, माघ २

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीले भुमिपुत्रका नाताले देश बचाउनका लागि थारु समुदाय अगाडी बढ्न जरुरी भएको बताउनु भएको छ । थारु कल्याणकारीणी सभा बाणगंगा नगर समितिद्धारा आयोजित ५ औं बाणगङ्गा नगर स्तरीय माघी (खिचडी) महोत्सवमलाई सम्बोधन गर्दै प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री चौधरीले सो कुरा बताउनु भएको हो ।
थारु समुदायको आन्दोलन र त्यागबाट देशमा धेरै परिवर्तन आएको बताउँदै एसियाकै पुरानो यस थारु समुदायलाई राज्यका कुनै निकायले थारु समुदायको हितका लागि कुनै पनि नीति नबनाएको दाबी गर्नुभयो ।


कार्यक्रममा मन्त्री चौधरीले थारु समुदायको पहिचान र संस्कृति बचाउनका लागि यस्ता मेला महोत्सवले अहम भुमिका खेल्ने बताउँदै यस बाणगंगा नगरपालिकाको भौतिक पुर्वाधारमा मन्त्रालयबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।
यसैगरी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले थारु समुदायको विशेष पर्व माघि महोत्सवको शुभकामना दिंदै विविधतामा एकता रहेको देशमा अझ बलियो सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म र संस्कृतिलाई सम्मान गर्नुपर्ने बताउनु भयो । सांसद न्यौपानेले थारु समुदायको संस्कृति र पहिचान देशको चिनारीको रुपमा रहेको हुँदा संस्कृति संरक्षणमा लाग्नुपर्नेमा जोडदिनु भयो ।
यस्तै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बिभिन्न जातजाती , धर्म सहिष्णुता , जातिय सम्मान र जातिय एकता कायम रहेकोले यस नगरपालिकाले जातजातीहरुको अलौकिक रुपमा मिलन कायम गर्दै आएको बताउनु भयो । बाणगंगा नगरपालिकालाई संमृद्धिको रुपमा अगाडी बढाउन राजनितिक दलहरु , बिभिन्न जाति , भाषा , धर्म सम्प्रदायसंग एउटै लक्ष्य र उद्देश्य रहेको अर्यालको भनाई छ । यस नगरपालिकालाई संमृद्धिको बाटोमा डोराउन सबैको एकताबाट मात्र सम्भव भएको हुँदा थारु समुदायको तराई मधेशमा आदिवासी जनजातीको धर्तीपुत्र भएको यस बिषयमा कसैमा पनि दुईमत नभएको बताउनु भयो ।
बाणगंगा नगरपालिकाका पूर्व मेयर मंगल प्रसाद थारु , बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी , थारु कल्याणकारीणि सभा कपिलवस्तुका अध्यक्ष पवन चौधरी, जित बहादुर चौधरी , थारु कल्याणकारी जिल्ला सभा अध्यक्ष पवन थारु , कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रिय पार्सद उमाशङ्कर चौधरीले , थारु कल्याणकारिणी सभा जिल्ला सचिव सन्तराम चौधरी , बिस्नु थापा , मुख्य प्रायोजक नेपाल ब्रदर्श ईन्ड्रष्ट्रिजका प्रोपाईटर ध्रुब प्रसाद नेपाल लगाएतले पाँचौं माघी महोत्सवको शुभकामना दिंदै संस्कृति संरक्षणका लागि समुदाय नै जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा थारु समुदायको पहिचान र संस्कृति झल्काउने खालका खानाका परिकार, थारु कला, संस्कृति झल्किने विभिन्न झाँकी तथा नाँच, रक्तदान, डेलवा दौड प्रतियोगिता, थारु राष्ट्रिय गायक गायिकाको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती लगायतका अन्य विविध कार्यक्रम रहेको थारु कल्याणकारीणी सभा बाणगंगा नगर समितिका अध्यक्ष नाथुराम थारुले बताउनुभयो ।


‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिका ११ हथौसामा उद्घाटन गरिएको हो भने महोत्सव माघ ४ गते सम्म संचालन हुने ५ औं माघी महोत्सवका प्रेस संयोजक सरिता थारुले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित