राजन कुमार बानिया / पर्सा ,२ माघ
बालबिबाहलाई संबोधन गर्न किसोर किशोरीहरुलाई शसक्त बनाउ उदेश बारे पालिका स्तरिय सरोकारवालाहरु संग कार्यक्रम समबन्धी अभिमुखिकरण तथा समन्वय बैठक कार्यक्रम पर्साको पोखरिया नगरपालिकामा अाज सम्पन्न भएको छ।
युनिसेफ नेपालको सहयोग र समाजिक संस्था जिल्ला समन्वय समिति पर्साले अायोजना गरेको अभिमुखिकरण कार्यक्रम पोखरिया नगरपालिकाको सभाणहलमा भएको कार्यक्रममा बालबिबाह रोकथाममा अहम भुकिका खेली बालबिबाह नगरपालिका मुक्त बनाउने कार्यक्रमका प्रमुख अतिथि उपनगर प्रमुख रुबी कुमारी ठाकुरले घोषणा गरेकि छिन। बालबालिका र महिला हरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु संग सहकार्य गरि बालबिबाह बिरुद अगाडि बढेर नगरिालिका मुक्त गराउने बताईन । यश अभियान पुरानो भएपनि पहिला देखि नै बालबिबाहमा धेरै कमी देखिएको बताईन ।कार्यक्रममा पोखरिया नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीबास्तवले बालबिबाह रोकन बिधालयमा गई अभिभावक र छात्र,छात्रा हरुलाई प्रशिक्षण दिनु पर्नेमा जोड दिनु भएको थियो। पहाडी क्षेत्र भन्दा मधेश प्रदेशमा सबै भन्दा बढि बालबिबाह देखिए पनि पहिलाको तुल्नामा शिक्षाको कारण धेरै नै बालबिबाहमा सुधार देखिएको बताए । बालबिबाह हुदा धेरैनै समस्या देखिएको छ। बालबिबाह हुदा शरिरिक अवस्था कमजोर भएको कारण कति जनाको जानपनी गएको देखिएको छ। त्यसै कारण अभिभावकहरुले अाफ्ना छोरा छोरी हरु लाई २० वर्ष उमेर पुगिसकेपछी बिबाह गर्ने जनाएका छन। सानो उमेर मा बिबाह गर्दा शरिरिक र मान्सिक रुपमा परिपक नभए को कारण अकालमा मृत्यु पनि हुन गरेको र बालबिबाह र दाइजो प्रथा कानुनी अपराधको रुपमा मानिएको छ। हाम्रोपालिका मार्फत बालबालिका र महिलाहरुको हकहितका बारेमा कार्यक्रम संचालन मा रहेको र यस्ता बिषयहरुमा काम गर्ने संस्था संग सहकार्य गरि बढने बताए ।नगरिपालिका बाट हुने सक्दो सहयोग गर्ने बताए ।
अभिमुखिकरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय पोखरिया को प्रहरी निरिक्षक मोहन बिक्रम केसीले भने सामुदायिक प्रहरी साझेदार कार्यक्रममा हामीहरु प्रतेक गाउँपालिकाहरु रहेको बिधालय र गाउँहरुमा गएर बालबिबाह , दाइजो बिरुद र महिला हिंसाको बारेमा जनचेतना जगाउने गर्छु अब अाउने दिनमा हामीहरु एक साथ सहकार्य गरेर संचालन गर्ने बताए । स्थानिय जनप्रतिनिधि , संघसंस्था ,अभिभावक र सुरक्षाकर्मीहरुले सहयोग गरिदिन संस्था का प्रशिक्षक रुपक पाण्डेले जनाएका छन। बालबिबाह, दाईजो प्रथा बिरुद र महिला हिंसाबारे रोकथाम गर्न बिधालय बाट सुरु गरि शिक्षक,अभिभावक ,र बिधालय का बिधार्थीहरलाई जनचेतना दिलाउनमा जोड दिनु भएको थियो। अभिमुखिकरण प्रशिक्षक रुपक पाण्डेले प्रोजेक्ट को माध्यम बाट बालबिबाह बिरुद प्रशिक्षण दिनु भएको थियो।अभिमुखिकरण कार्यक्रम समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवानको अध्यक्ष्ातामा भएको कार्यक्रममा वडा अध्यक्ष किशोरी साह, कार्यपालिका सदस्य शिवबचन महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरिया सभापति भगवान प्रसाद कुर्मी, संस्थाको निर्मला भन्डारी,जयकिसोर साह, नगरपालिकाको शिक्षा प्रमुख वाल्मीकि साह, महिला शाखा प्रमुख हस्तयानी गिरी,लेखापाल मन्दिप महतो, समाजिक शाखा प्रमुख नरेन्द्र साह, साह, लगायत पालिका सदस्य , कार्मचारी, संघ संस्थाका प्रतिनिधि र सुरक्षाकर्मी,पत्रकार गरि ३० जनाको सहभागिता रहेको थियोे
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

