उमेश बि.क / नवलपरासी ,१ माघ
नेपालमा आज नवौं राष्ट्रिय योग दिवस मनाइँदै छ । योगको महत्वबारे सबैलाई बुझाउने उद्देश्यले पछिल्लो समय नेपालमा वर्षेनी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
नवौं राष्ट्रिय योग दिवसकाे अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकाले याेग अभ्यास गरि दिवस मनाएकाे छ ।

नवौं राष्ट्रिय योग दिवस कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बदलिदो परिवेशमा योग अत्यन्त महत्पूर्ण रहेको भन्दै परापूर्व कालदेखिको चल्दै आएको योगको लाभ लिनुपर्ने बताउनुभयो ।

त्यस्तै पाल्हिनन्दनमा भएको याेग दिवश कार्यक्रम बाेल्दै गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैलले शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग अनिवार्य रहेको बताउनुभयो ।

नेपालमा यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस मनाउन मनाइएको हो ।

नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज धेरै स्थानमा योग शिविर तथा योग कक्षा सञ्चालन हुन थालेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

