Rashtriya Dainik

पुर्व गृहराज्य मन्त्री कण्डेलद्वारा गोरक्षनाथ मन्दिरमा खीचडी भेटी अर्पण

राष्ट्रिय दैनिक / नवलपरासी ,१ माघ

आज माघे संक्रान्ति पर्व मनाइँदैछ । माघे संक्रान्तिकाे यश विशेष दिनमा पुर्व गृहराज्य मन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले गोरक्षनाथ मन्दिरमा खीचडी भेटी अर्पण गर्नुभएको छ।

आज विहान पश्चिम नवलपरासीको पाल्हिनन्दन २ मा अवस्थित गोरक्षनाथ मन्दिर,गोपालपुरमा खिचडी भेटी अर्पण गर्नुभएको हाे। भेटी अर्पण गर्नुका साथै त्यस मन्दिरमा रहेको पुजारीहरुलाई रुमाल ओढाई सम्मान पनि गर्नुभएको छ।

माघ १ गते गोरक्षनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन रहेको वहाँकाे भनाई छ । यश मन्दिरमा प्रत्येक बर्ष माघे संक्रान्तिमा खिचडी भेटी अर्पण गर्ने प्रचलन अनरुप प्रतेक बर्ष नेता कण्डेलले खिचडी भेटी अर्पण गर्दै आईरहनु भएको छ।

यश स्थानमा प्रत्येक माघे संक्रान्तिमा कुस्ती प्रतियोगिताका साथै मेला आयाेजना गर्दै हुदै आएकाे नेता कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित