राष्ट्रिय दैनिक / नवलपरासी ,२९ पुस
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकाे भुमहीमा ३ दिने ‘सुनवल युवा सम्मेलन’ सम्पन्न भएको छ।
बेद सिर्जनशिल संस्थाको आयाेजना तथा लुम्बिनी प्रदेश र विभिन्न निकायकाे समन्वय सहकार्यमा संस्थाका अध्यक्ष यमन भण्डारीकाे अध्यक्षता भएको सम्मेलन “स्थानीय पहल विश्वब्यापी आभाषःउद्यमी युवा समृद्धि र विकास” भन्ने मुल नाराका साथ सन्चालित ३ दिने सुनवल युवा सम्मेलन सम्पन्न भएको हाे ।

सो युवा सम्मेलनमा युवाहरुद्वारा समाजको उन्नति तथा युवा सशक्तिकरणका लागि युवाका सवालहरुलाई सम्बोधन गर्न सुनवल युवा सम्मेलन–२०८० “रामनगर घोषणा पत्र” पनि जारी गरेको छ ।

सुनवल नगरपालिका, रामग्राम नगरपालिका र सरावल गाँउपालिकाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डेले गर्नु भएको थियो । वेदः सिर्जनशिल संस्थाका अध्यक्ष यमन भण्डारीको सभापतित्वमा भएको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका माननीय खड्क बस्नेत रहनु भएको थियो ।
तिन दिन सम्म चलेको सो सम्मेलनमा सहभागि युवाहरुलाई कृषि, पर्यटन, सुचना प्रबिधि, साईवर सुरक्षा लगायत दिगो विकासका लक्ष्यहरु, युवा उधमशिलता, नेपालको कानुनी संरचना,वन वातावरण, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईएको थियो ।

सो सम्मेलनको सन्चालन कार्यक्रम संयोजक कृष्ण प्रसाद घिमिरे र सचीव पुनम भण्डारीले गरेको थिए । सो सम्मेलनले ११ बुदे घोषणापत्र समेत जारी गरिएको वेदः सिर्जनशिल संस्थाका संस्थापक अध्यक्ष कृष्ण पाण्डेयले जानकारी दिनुभयो ।

सुनवल युवा सम्मेलन–२०८०
रामनगर घोषणा पत्र
१. युवाहरुको सहभागितामा लुम्बिनि प्रदेश युवा निति यथाशिघ्र निर्माण गरी हरेक युवाहरुलाई अपनत्व हुने गरी कार्यन्वयनका लागि बिशेष पहल गर्ने।
२. स्थानीय तथा प्रदेश सरकारको योजना तथा निति निर्माणमा युवाहरुको सहभागिता तथा भूमिका विषयमा स्थानीय तथा प्रदेश सरकारसंग संवाद गर्ने र त्यसको कार्यान्वयनका निम्ति सक्रिय रुपमा युवाहरुलाई परिचालन गर्ने ।
३. स्थानीय स्तरबाटै लैंगिक समानताका निम्ति युवाहरुको भूमिका निर्धारण गरि सबै क्षेत्रहरुमा बराबर अर्थपूर्ण लैंगिक सहभागिताको सुनिश्चितता गराउन युवाहरुलाई सक्रिय रुपमा अगाडि बढाउने ।
४. युवाहरुको सहभागीताहरुलाई संस्थागत गर्नका लागि सबै पालिकामा युवा मैत्री स्थानिय शासन लागु गर्न पहल गर्ने।
५. सरसफाई तथा वातावरण संरक्षणका लागि टोल सुधार समिति तथा स्थानिय समुह, क्लब तथा संघसंस्थालाई उत्तरदायि वनाउने ।
६. युवाहरुलाई स्वदेशमै टिकाउन रोजगारी, सिप विकास तथा उद्यमशिलता विकासका लागि उचित नीति, कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न ३ वटै सरकारसंग पहल गर्ने।
७. निशुल्क गुणस्तरिय शिक्षाको व्यवस्थाका लागि पैरवि गर्ने।
८. स्थानिय पर्यटकिय तथा धार्मिक क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका लागि समुदाय स्तरबाटै पहल र पैरवी गर्ने ।
९. सबै पालिकामा युवा सशक्तिकरण तथा युवाहरुको आवाज सुन्नका लागि संरचना तथा मञ्च निर्माण गर्नका लागि पैरवि गर्ने ।
१०. दिगो विकासका लक्ष्यहरुको स्थानियकरण तथा प्राप्तिका लागि स्थानियस्तर मै सक्रिय युवा भुमिका निर्वाह गर्ने ।
११.सामुदायिक शान्ति तथा अमनचयनका लागि आपसी भाईचारा तथा सम्बन्धहरुलाई बलियो बनाउनका लागि सम्बन्धित निकायहरुसंग सहकार्य गर्ने ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

