Rashtriya Dainik

सरावलकाे मनरीमा १८ औं खिचडी माघी महाेत्सव मेला उदघाटन, मेला २ गतेसम्म चल्ने

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ पुस

थारु समुदायको नया वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित १८ औं खिचडी माघी महाेत्सव मेलाकाे उदघाटन गरिएको छ ।

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका २ मनरीमा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे आयाेजना तथा सरावल गाउँपालिकाकाे सहयोगमा १८ औं खिचडी माघी महाेत्सव मेलाकाे आज एक कार्यक्रम बिच उदघाटन गरिएको हाे।

थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले “आपन धरम आपन इमान ,कला संस्कृति आपन पहिचान” भन्ने मुल नाराकाे साथमा तिन दिन सम्म आयोजना गरिने मेला प्रतिष्ठानका अध्यक्ष चक्रमणि चाैधरीकाे अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य धुर्ब बहादुर प्रधानकाे प्रमुख आतिथ्यतामा मेला सुरुवात भएको हाे।

कला, संस्कृति र पहिचानलाइ संरक्षण र प्रर्वधन गर्ने गरी विगत १७ वर्षदेखि श्रीराम यूवा प्रतिष्ठान मनरीले खिचडी महोत्सव गर्दै आएको छ । यस वर्ष भने थारु संस्कृति पार्कमा भव्यताको साथ मेला चलिरहेको छ।

थारु सुदायका भाषा, कला, संस्कृति संरक्षणको लागि थारु कलाको प्रदर्शनी स्टलहरु, थारु सांस्कृतिक नाच, वडा स्तरिय भलिवल प्रतियोगिता, खुल्ला महिला ढकिया दाैड प्रतियोगिता, रक्तदान लगाएतका रहेको अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ ।

आजदेखी शुरु भएको महोत्सव थारु समुदायको पारम्परीक कलस यात्राको साथ ग्राम देवता तथा प्रकृतिको पुजा संगैं उद्घाटन गरिएको हो ।

माघि मेलामम नेपाल सरकार अर्थ मन्त्रालय सचिव राजेश्वर ज्ञवाली, गण्डकी प्रदेश खेलकुद परीषद सदस्य एवं नेपाल भलिबल संघको केन्द्रीय सचिव श्रीधर शर्मा, जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव, सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, गाउँपालिका पुर्व अध्यक्ष राधेश्याम चौधरी, पुर्व उपाध्यक्ष उत्तमा राय, निर्मला प्रधान, वडा नं. १ का वडा अध्यक्ष विष्णु भट्टाई, वडा नं. २ का कार्यवाहक अध्यक्ष तुफानी लाल गुप्ता, ३ का अध्यक्ष फिङगी चौधरी लगाएको सहभागिता रहेको थियो ।

महोत्सव २ गते सम्पन्न हुने आयोजक श्रीराम यूवा प्रतिष्ठानका नगेन्द्र चौधरीले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित