दोरेन्द्र खड्का बझाङ
बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनीत गरेकाे छ।
बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका ४ पालिकामा खेलकुद समिति मनोनित गरेको हाे ।बझाङ जिल्ला खेलकुद समितिले आज बझाङ जिल्लाका खप्तडछान्ना गाउपालिका , दुर्गाथली गाउपालिका , साईपाल गाउपालि र थलारा गाउपालिकामा खेलकुद समिती मनोनीतत गरेको बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला” ले जानकारी दिनुभयो । जसमा खप्तडछान्ना गाउपालिकाको खेलकुद समितिको अध्यक्षमा भीम बहादुर रोकाया, सदस्यमा टिकाराम गिरी ,मेखराज रावल सन्जुदेबि भण्डारी लाई मनोनित गरियको छ । त्यस्तै दुर्गाथली गाउपालिका खेलकुद समितिको अध्यक्षमा दिनेश बहादुर थापा , सदस्यमा ऐन बहादुर दौल्याल ,जोग बहादुर दौल्याल , सरिता कुमारी कडायत ( थापा ) लाइ मनोनित गरेको हाे । साईपाल गाउपालिका खेलकुद समितिको अध्यक्षमा रन्ध्वज धामी, सदस्यमा फकिर बोहरा, गोरखनाथ बोहरा, झरना कुमारि बोरा र थलारा गाउपालिका खेलकुद समितिको अध्यक्षमा लोकेन्द्र चौहान, सदस्यहरुमा पदम गिरी, रमेश मिजार, दुर्गा देवी खड्का लाई मनोनित गरेको हो ।यस अगाडि बझाङ जिल्ला खेलकुद समितिले केदारस्यु गाउपालिकाको खेलकुद समिति अध्यक्ष मा हरिश मल्ल लगायत सदस्यहरुलाई मनोनित गरेर बझाङका ५ पालिकामा बन्य स्थानीय खेलकुद समिति ।आज मनोनित भयका पालिकाका खेलकुद समितिका अध्यक्ष लाई माघ ३ गते बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकाया “ज्वाला” ले शपथ खुवाउने र सदस्यहरुलाई मनोनीत भएका त्यस पलिकाका अध्यक्षले सदस्यहरुलाई शपथ खुवाइने भएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

