Rashtriya Dainik

किसोर किशोरीहरुलाई सशक्त बनाउका लागि पालिका स्तरिय सरोकारवालाई अभिमुखिकरण

राजन कुमार बानिया /पर्सा ,२९ पुस

बालबिबाहलाई संबोधन गर्न किसोर किशोरीहरुलाई सशक्त बनाउने उद्देश्य बारे पालिका स्तरिय सरोकारवालाहरु संग कार्यक्रम समबन्धी अभिमुखिकरण तथा समन्वय बैठक कार्यक्रम पर्साको सखुवाप्रसौनी गाउँपालिकामा अाज सम्पन्न भएको छ।

युनिसेफ नेपालको सहयोग र समाजिक संस्था जिल्ला समन्वय समिति पर्साले अायोजना गरेको अभिमुखिकरण कार्यक्रम सखुवाप्रसौनी गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा बालबिबाह रोकथाममा अहम भुकिका खेली बालबिबाह गाउँपालिका मुक्त बनाउने गाउँपालिका अध्यक्ष यसवन्त यादवले घोषणा गरेका छन। बालबालिका र महिलाहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई सक्दो सहयोग गरिने अध्यक्ष यादवले बताए ।

यश अभियान पुरानो भएपनि पहिला देखि नै बालबिबाहमा धेरै कमी देखिएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्मिला बिष्टले भनिन बालबिबाह रोकन बिधालयमा गई अभिभावक र छात्र,छात्रा हरुलाई प्रशिक्षण दिनु पर्नेमा जोड दिनु भएको थियो। अभिमुखिकरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राजेश प्रसाद रौनियारले भने पहाडी क्षेत्र भन्दा मधेश प्रदेशमा सबै भन्दा बढि बालबिबाह देखिए पनि पहिलाको तुल्नामा शिक्षाको कारण धेरै नै बालबिबाहमा सुधार देखिएको बताए ।

बालबिबाह हुदा धेरैनै समस्या देखिएको छ। बालबिबाह हुदा शरिरिक अवस्था कमजोर भएको कारण कति जनाको जानपनी गएको देखिएको छ। त्यसै कारण अभिभावक हरुले अाफ्ना छोरा छोरीहरुलाई २० वर्ष उमेर पुगिसकेपछी बिबाह गर्ने बताए छन। सानो उमेरमा बिबाह गर्दा शरिरिक र मान्सिक रुपमा परिपक नभएको कारण अकाल मृत्यु पनि हुने र कानुनी अपराधको रुपमा मानिएको छ।

हाम्रोपालिका मार्फत बालबमलिका र महिलाहरुको हकहितका बारेमा कार्यक्रम संचालनमा रहेको र यस्ता बिषय हरुमा काक गर्ने संस्था संग सहकार्य गरिने बताए ।गाउँपालिका बाट हुने सहयोग गर्ने बताए । बालबिबाह रोकनमा स्थानिय जनप्रतिनिधि , संघसंस्था ,अभिभावक र सुरक्षाकर्मीहरुले सहयोग गरिदिन संस्था कि कोडिनेटर सरस्वती पोख्रेलले बताए । बालबिबाह रोकन बिधालयबाट सुरु गरि शिक्षक,अभिभावक ,र बिधालयका बिधार्थी हरलाई जनचेतना दिलाउनमा जोड दिनु भएको थियो।

अभिमुखिकरणमा कोडिनेटर पोख्रेलले प्रोजेक्टरको माध्यम बाट बालबिबाह बिरुद प्रशिक्षण दिनु भएको थियो।अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्ष्ातामा भएको कार्यक्रममा उपाध्यक्ष सर्मिला बिष्ट,प्रमुख प्रसाकिय अधिकृत राजेश प्रसाद रौनियार, वडा अध्यक्ष अषेशर यादव, बासुदेव महतो,संस्थाका अध्यक्ष ईब्राहिम देवान, संस्थाको रुपक पाण्डे , गाउँपालिका को योजना प्रमुख बिनोद यादव, टिपिअो नेपाल रन्जु,कुुमारी, लेखपाल सुमन साह, लगायत पालिका सदस्य , कार्मचारी, संघ संस्था का प्रतिनिधि र सुरक्षाकर्मी,पत्रकार गरि ३० जनाको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित