Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री संतोष कुमार पाण्डेले भगवान बुद्ध द्वारा प्रतिपादित बुद्ध शिक्षाबाट नै सम्पुर्ण मानवजातिको कल्याण हुने बताउनु भएको छ।


पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको १५ औं गाउँसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका गृहमन्त्री पाण्डेले विकास निरन्तर चल्ने प्रक्रिया भएकोले विकासलाई नागरिक केन्द्रित गर्नलाई आफुले राजनीति यात्रा गरेको बताउदै राजनीतिक कर्मीहरुले दलिय स्वार्थ त्यागेर जनता केन्द्रित काम गर्नुपर्ने धारणा राख्नुभयो।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा आयोजित सभामा अध्यक्ष यादवले गाउँ सभाको औचित्यबारे प्रकाश पार्दै “हामी सबैको सार्थक प्रयास प्रतापपुर गाउँपालिकाको समग्र विकास” भन्ने मुल नारालाई सार्थक बनाउन सबैको सामुहिक प्रयास हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले न्यायीक समितिले गरेको गतिविधि माथी प्रकाश पार्दै न्यायीक सेवाको क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराउनु भयो।
प्रतापपुर गाउँपालिकाको वडा न.१ देखि वडा न.९ सम्मको क्षेत्रमा लुम्बिनी प्रदेश सरकारको विभिन्न शिर्षकमा बजेट लगानी भएपनी स्थानीय निकाय सङ्ग समन्वय नहुदा विकास पारदर्शी नभएको गाउँ सभामा चर्चाको विषय बनेको थियो।
गाउँसभामा स्वास्थ्य,शिक्षा,सञ्चार र सडक लगायत विकासको पुर्वधारलाई प्राथमिकताकै आधारमा पूरा गरेर अगाडी बढने बताइएको थियो। सुत्केरी महिलाहरुलाई एम्बुलेन्स सेवा मार्फत स्वास्थ्य केन्द्रसम्म निशुल्क सेवा पुर्याउदै आएको कार्यलाई थप निरन्तरता दिने कार्यक्रम सञ्चालक एवं जगर्नाथपुर अस्पतालका प्रबन्धक कुन्दन सिंहले जानकारी दिनुभएको छ।
सो अवसरमा जिल्ला समन्वय समितीका प्रमुख भगवती प्रसाद यादव लगायतले पनि आफ्नो भनाइ सहित सभामा सम्बोधन गर्नुभएको थियो।
त्यसैगरी प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले आइतबार नै पत्रकार सम्मेलनको आयोजना गरि उखु किसानको हकहितलाई ध्यानमा राखी पालिका पदाधिकारीहरुले हालै गरेको भारतको महाराष्ट्र लगायत विभिन्न स्थानहरुमा रहेको उद्योगको भ्रमण गरिएको बारे जानकारी गराउनुभयो।
सो अवसरमा अध्यक्ष यादवले भ्रमणको सिलसिलामा हारवेष्टर मेसिनबारे अवलोकन सम्बन्धि भएको प्रगती विषयमा जानकारी गराउदै मेसिन सञ्चालन विधि र लागत एवं ल्याउन सकिने प्रक्रियाबारे जानकारी गराउनु भएको थियो।
यस कार्यका लागि चिनी कारखानाहरु सङ्ग समन्वय गरि आवश्यक प्रक्रिया अगाडी बढाउने र आर्थिक वर्ष ०८०/०८१ को प्रारम्भिक सत्रमा नै किसानको खेतमा उक्त मेसिन पुर्याउने पालिकाको लक्ष्य रहेको बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित