Rashtriya Dainik

जाडोमा सेतो तील खानुका फाइदा जान्नुहोश

जाडोमा सेतो तीलको सेवन स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसका बीजमा भिटामिन तथा मिनरल्सको मात्रा अत्यधिक हुन्छ जसले शरीरलाई कैयौँ बिमारीहरूबाट टाढा राख्ने गर्छ ।

यसका फाइदाहरूका बारेमा विस्तारमा जान्नुहोस् –

सेतो तीलमा फाइबर, मिनरल्स, आइरन, क्याल्सियम, जिंक, नियसिन जस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले शरीरमा ऊर्जा प्रदान गर्छ ।

यदि तपाईँ उच्च रक्तचापको समस्याले ग्रस्त हुनुहुन्छ भने सेतो तीलको सेवन गर्नुहोस् । यसमा पाइने म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

सेतो तील मुटु रोगी तथा मुटुका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट तथा एन्टीइन्फ्लामेटरी गुणले मुटुलाई स्वस्थ राख्छ ।

सेतो तीलको सेवन तनाव कम हुन्छ । यसका बीजमा पाइने गामा टोकोफेरोलले शरीरमा भिटामिन ई को कमीलाई पूरा गर्छ जसले तपाईँको मानसिक स्वास्थ्यलाई फाइदा गर्छ ।

सेतो तीलको सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । जसले गर्दा तपाईँ छिटो बिरामी हुनबाट बच्नुहुन्छ । यसले सम्पूर्ण शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित