Rashtriya Dainik

सरावलकाे मनरीमा अवस्थित थारु सांस्कृतिक पार्ककाे डिपियार सार्वजनिक

उमेश बि.क / नवलपरासी ,२८ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका २ मनरीमा बनिरहेको थारु सांस्कृतिक पार्क पर्यटकीय क्षेत्रको रुपमा बिस्तार हुने भएको छ ।

जस अन्तर्गत थारु सांस्कृतिक पार्कको डिपिआर निर्माण भई आज सार्वजनिक गरिएको छ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे परिकल्पना र याेजना अनुसार सरावल गाउँपालिकाद्वारा निर्माण गरिएकाे अगामि सरंचना सहितकाे याे बृहत् बृतचित्र सार्वजनिक गरिएको छ।

थारु समुदायकाे कला, संस्कृति, भेषभुषा, ऐेतिहासिक एवम् पुरातात्विक बस्तुकाे संरक्षण र सम्बर्द्धन गर्दै पर्यटन प्रवर्धन गर्ने उद्धेयका साथ निर्माण भएको डिपिआर सार्वजनिक गरिएको हाे।

थारु सांस्कृतिक पार्क निर्माण तथा तारबार ५ लाख , डिपिआर ५ लाख र खिचडी महाेत्सवमा २ लाख गरि पालिकाले १२ लाख बजेट बिनियाेजन गरेको गाउँपालिका अध्यक्ष चाैधरीले बताउनुभयो ।

थारु समुदायको कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मनरीमा उक्त पार्क निर्माण थालिएकोे हो ।

निर्माणको चरणमै रहेको थारु सांस्कृतिक पार्कमा थारु समुदायको पहिचान झल्किने परम्परागत सामग्री,थारु घर ,पिकनिक स्पट सहित पार्क निर्माण भएको पालिका अध्यक्ष चाैधरीले जानकारी दिनुभएको हाे।

थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन गर्नाका साथै थारु समुदायको पहिचान झल्किने परम्परागत विविध सामग्रीको खोजी, सङ्कलन र संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउने उद्देश्यले सांस्कृतिक पार्क डिपिआर अनरुप निर्माण गरिने पालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यस गाउँपालिकालाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा पर्यटनको विकासमा सहयोग पु¥याउने मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्राकृतिक सौन्दर्यताले पनि भरिएको उक्त क्षेत्रमा आकर्षक वगैचा सहित मनाेरम वातावरण रहेको हुदा टुरिजम पार्कको रुपमा विस्तार गर्ने योजना अनुरूप काम अगाडि बढाइएको बताउनुभयो ।

यश गाउँपालिकामा मधेशी समुदायको समेत बाहुल्यता भएकोले मधेसी संस्कृतिकलाई प्रतिनिधित्व हुने गरी सरावल ४ मा मधेश साँस्कृतिक पार्क निर्माणकाे काम छिट्टै सुचारु गरिने अध्यक्ष चौधरीले बताउनुभयो।

सडक पुर्वाधार मात्रै विकास नभएर साँस्कृति सम्पदाको संरक्षण,प्रवद्र्धन र विकास पनि उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो ।

गाउपालिकाले पर्यटन विकास तथा संस्कृतिक संरक्षण कोषको समेत स्थापना गर्ने लक्ष्य लिएको छ । कानुन नै बनाएर संरक्षण कोष मार्फत साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने बताउनुभयो । आउने दिनमा यस गाँउ पालिकालाई नै सरावल सांस्कृतिक गाउपालिका बनाउने लक्ष्य समेत रहेको छ । यसका पुर्वाधर विकासमा गाउँपालिका अहिले देखी नै लागेको बताउनुभयो ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित