Rashtriya Dainik

मनरीमा हुने १८ औं खिचडी (माघी) महोत्सव मेला तयारी पूरा , भाेलि उदघाटन

उमेश बि.क / नवलपरासी ,२९ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा लाग्ने १८ औं खिचडी (माघी) महोत्सव मेला तयारी पूरा भएको छ ।

सरावल गाउँपालिकाकाे सहयोग तथा श्रीराम युवा प्रतिष्ठानकाे आयोजना हुने मेलाकाे सम्पूर्ण तयारी पूरा भइसकेको आयाेजकले जानकारी दिइएको छ।

मेला पौष २९ देखि सुरु भइ माघ २ गतेसम्म ३ दिनसम्म सन्चालन हुने आयोजकले जानकारी दिइएको हो।

थारु समुदायको नयाँ वर्ष एवं महान पर्व माघीको अवसरमा १८ औं खिचडी महोत्सव मेला अहिले परिवर्तित ठाउँ खानेपानीकाे पश्चिम चाैर थारु सांस्कृतिक पार्ककाे प्रांगणमा हुने आयाेजकले जानकारी दिइएको छ ।

” आपन धर्म आपन ईमान, कला संस्कृति आपन पहिचान ” मुल नाराको साथ १८ औं खिचडी ( माघि ) महोत्सव मेलामा पुस २९ गते कलश यात्रा थारू झलकमा ,वडा स्तरिय भलिवल प्रतियोगिता ,थारु सांस्कृतिक कार्यक्रम तथा अन्य समुदायको सांस्कृतिक कार्यक्रम ,थारू स्टल तथा थारूकाे खपडा घर ,रक्तदान कार्यक्रम , खुल्ला महिला ढकिया दैड प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी दिइएको छ।

थारु कलाको संरक्षण गर्ने उद्देश्यले लाग्ने मेला अवलोकन गर्न आयाेजकले अनुरोध समेत गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित