पार्वती आचार्य/कपिलवस्तु पुस २८
५ औं बाणगङ्गा नगर स्तरीय माघी (खिचडी) महोत्सवम २०८० का लागि पत्रकार सम्मेलन गरिएको छ । ‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारा सहित यहि माघ २ गते देखि ४ गते सम्म माघी महोत्सव हुन लागेको बाणगंगा नगरपालिका ११ हथौसामा शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य सुमित्रा चौधरीले बाणगंगा थारु बाहुल्यता रहेको नगर भएकोले पर्यटन प्रर्वद्धनमा थारु महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । विविधतामा एकता रहेको देशमा अझ प्रगाढ सम्बन्ध बनाउनका लागि एक अर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महोत्सवको बारेमा जानकारी दिदै महोत्सव संयोजक तथा थारु कल्याणकारिणी सभा नगर अध्यक्ष नाथुराम थारुले थारु जातिका कला, संस्कृति, भाषा भेषभुषा, र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । विषेश गरि थारु कला, संस्कृति झल्किने गरि आयोजना हुन लागेको महोत्सवमा रक्तदान, डेलवा दौड प्रतियोगिता लगायतका अन्य विविध कार्यक्रम रहेने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवको उद्घाटन प्रदेश भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीले गर्ने जानकारी दिनुभयो । महोत्सवमा थारु राष्ट्रिय गायक गायिकाको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने होत्सव संयोजक थारुले जानकारी दिनुभयो ।
त्यस्तै थारु कल्याणकारिणी सभा केन्द्रिय पार्सद उमाशङ्कर चौधरीले विगत पाँच वर्षदेखि बाणगंगाका विभिन्न ठाउँमा महोत्सव गरेको स्मरण गर्दै अहिले हथौसामा महोत्सव गर्न लागेको र यसलाई भब्य रुपमा सफल पार्न सम्पुर्णमा आह्वान समेत गर्नुभयो ।
थारु कल्याणकारिणी सभा जिल्ला सचिव सन्तराम चौधरी, नगर सभाका पदाधिकारी, महोत्सव समारोह उपसमितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रममा नगर सभा उपाध्यक्ष कमल चौधरीको स्वागत तथा प्रेस संयोजक सरिता थारुको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । सो अवसरमा पत्रकारहरुले महोत्सव संचालनको बारेमा जिज्ञासा राखेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

