Rashtriya Dainik

सरावल गाउँपालिकाको १३ औं गाउसभा एवं हिउदे अधिवेशन सम्पन्न

उमेश बि.क / नवलपरासी ,२८ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको १३ औं गाउसभा एवं हिउदे अधिवेशन सम्पन्न भएको छ।

“स्वास्थ्य ,शिक्षा, कृषि र पूर्वधार समृद्धि सरावलको आधार” मुल नाराका साथ सो अधिवेशन पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएको हो।

आर्थिक बर्ष २०८०/८१ को हिउदे अधिवेशनमा १३ औ गाउसभाले बनाएका योजना एवम संशोधन बजेट सहित नया योजनाहरु पारित भएको छ।

सो अवसरमा गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा, वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडा सदस्य लगाएत विभिन्न क्षेत्रका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

बैठकले स्थानिय सरकार ऐन २०७४ बमोजिम १३ औं गाउँ सभासम्म आइ पुग्दा गाउँपालिकाले १० वटा ऐन जारी गरिसकेको छ । जसअन्तर्गत ऐनको आधारमा गाउँपालिकाले १ वटा नियमवाली, ४ वटा निर्देशिका, ५ वटा मापडण्ड र १९ वटा कार्यविधी निर्माण गरी कार्यान्वयन गरेको अध्यक्ष चौधरीले बताउनु भयो ।

अध्यक्ष चौधरीले गाउँ सभामा पेश हुने कार्यविधि प्रस्तुत गर्नु भएको थियो जसमा विनियोजन बजेट संसोधन पेश , गाउँपालिका कर्मचारी संचालन कल्याणकोष कार्यविधि ऐन २०८०, लेखा समिति पुनःगठन ,न्यायिक समितिको प्रतिबेदन र छलफल गरिएको थियो ।


त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनले विनियोजन बजेट संसोधन प्रस्ताव पेश गर्नु भएको थियो । जसमा पेश गरेको कार्यक्रमको प्रगति प्रतिबेदन सभाको बैठकले पास गरेको थियो । चालु आर्थिक वर्ष २०८०।८१ का लागि विनियोजित कुल अनुमानित बजेट ५३ करोड ४८ लाख ९६ हजार ५ सय ९१ रहेको छ । गत आर्थिक वर्षको बचत मौज्दातको अनुमान रु ३ करोड ५० लाख रहे पनि गत आर्थिक वर्षको अधिक मौज्दा रु ७ करोड ४२ लाख ७९ हजार २ सय ५० पैशा ६४ मात्र रहेको छ । जसमा ३ करोड ९२ लाख ७९ हजार २ सय ५० पैशा ६४ मा बचत रहेको छ । त्यस्तै आन्तरीक राजस्व अनुमान तर्फ २ करोड ६३ लाख ४२ हजार अनुमान रहेको मध्ये राजस्व परामर्श समितिको पछिल्लो बैठकबाट संशोधन गरी १ करोड ३० लाख ६९ हजार बनाइएको छ ।

यस्तै राजस्व असुली हुन बाकि रहेकोले १ करोड ३२ लाख ७३ हजार कम आम्दानी हुने प्रतिवेदनमा उल्लेख छ । यसै गरी संघिय राजस्व बाँडफाँड गत आर्थिक वर्षमा अनुमानित रकम प्राप्त हुन नदेखिएकोमा चालु आर्थिक वर्षको छैठो महिनामा कुल अनुमानित ३८ प्रतिशत मात्र रहेको छ । जसमा कम्तिमा १ करोड कम राजस्व प्राप्त हुने अनुमान गरिएको छ । तराइ मधेश उन्नती कार्यक्रमका लागि नेपाल सरकारसंगको सहकार्यका लागि मल्ट्रि फन्टमा अनुदान विनियोजन हुनु पर्ने दायित्व रकम २० लाख रहेको छ ।
साथै गत असारमा विनियोजित वार्षिक बजेटमा करार तर्फका कर्मचारीहरुलाई ल्याव असिस्टेनको परिक्षणमा न्यून विनियोवन भएको छ । जसमा ५० लाख दायित्व देखिन्छ भने गत आर्थिक वर्ष २०७९।८० को मौज्दात रकम कटाइ बाकि हुने रकम ९० लाख ६ हजार २ सय ५० रहेको छ । सात वटै वडाका कार्यक्रमहरुलाइ समेट्ने गरी कार्यक्रममा संसोधित विनियोजन उपाध्यक्ष हरिजनले पेश गर्नु भएको थियो ।

त्यस्तै गाउँपालिकामा कर्मचारी कल्याणकोष कार्यविधि ऐन २०८० को प्रतिबेदन वडा नं. १ का अध्यक्ष विष्णु भट्टराइले प्रस्तुत गर्नु भएको थियो । सो सभाले लेखा समिति पुनःगठन गरेको छ । यस्तै आर्थीक वर्ष २०८०।८१ को ६ महिनामा न्यायिक समितिमा परेका उजुरी, समाधान तथा अन्य निकायमा पठाइएको प्रतिबेदन वडा नं ३ का वडा अध्यक्ष फिरङ्गि चौधरीले सभामा प्रस्तुत गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित