दाङ / २८ पुष
मध्यरातमा दाङको राप्ती नदीमा यात्रुवाहक रात्रीबस खसेर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
नेपालगन्जबाट काठमाडौं जांदै गरेको यात्रुवाहक रात्रीबस दाङको भालुबाङ नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट र बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान खुलेपनि अन्य १० जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

भे १ ख ३९१२ नम्बरको रात्रिबस गएराति करिव १० बजे राप्ती गाउँपालिका भालुवाङस्थित राप्ती नदीमा खसेको थियो।७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा लमहि अस्पताल र २ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पठाएको थिए। प्रहरी चौकी भालुबाङका अनुसार उक्त बसमा ३५ जना यात्रु थिए। घाईतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहको छ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी प्रमुख हरिभक्त रोकाया अनुसार घाइते हुनेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय चालक लालबहादुर नेपाली र सहचालक बाँके राप्तीसोनारीका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई रहेका छन्।
यसैगरी काठमाडौंका ४५ वर्षीय सुवास कार्की, बाँके नेपालगञ्जका ३५ वर्षीया लिला वली, रौतहटका २६ वर्षीय सञ्जय कार्की, बर्दियाका राजिव थारु, बाँके नेपालगञ्जका १८ वर्षीइ दशरथ विक, बाँकेकै १९ वर्षीय नकुस खान, डोल्पाकी ३५ वर्षीया धनकली बुढा मध्यम, काठमाडौं कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, काठमाडौंकी २३ वर्षीया सञ्जु बडुवाल, बाँके नेपालगञ्जका २० वर्षीय अर्वाज नाउ, बाँके नेपालगञ्जका २५ वर्षीय मोमम्मद जावेज मध्यम घाइते भएका छन् ।
यसैगरी भारतका २० वर्षीया छोथी सिलौटा गम्भिर घाइते भएकी छन्। काठमाडौंकी राधा पाण्डे पनि गम्भिर घाइते भई थप उपचारका लागि बुटवल ल्याइएको छ। उनकी ११ वर्षीया छोरी आज्ञा पाण्डे भने सामान्य घाइते भएकी छन् ।

सामान्य घाइते हुनेहरुमा बाँके बैधापुरका २१ वर्षीय शंकर थारु, ३० वर्षीय भारतीय नागरिक रावलकुमार अहिर, कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगर, जुम्लाका १९ वर्षीइ विशाल बोहोरा र बाँकेका २० वर्षीय निरञ्जन कोरी रहेका छन्। यस्तै बाँके नेपालगञ्जका २४ वर्षीय आशुतोस गौतमले गाडीबाट हामफालेर ज्यान बचाउन सफल भएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

